प्रचण्डले जेठ १० गते राजिनामा दिने
प्रकाशित मिति : जेष्ठ ८, २०७४ सोमबार
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट जेठ १० गते राजिनामा दिने भएका छन् । सोही मितिमा राजिनामा दिने पार्टीले निर्णय नै गरेको केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी दिएका छन् ।
काँग्रेस पार्टीसँग भएको सहमतिअनुसार प्रचण्डले सरकार छाडेर काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गरिने भएको छ । यसअगाडि प्रचण्डले सरकार कहिले छाड्ने भन्ने विषयमा विभिन्न अड्कालवाजीहरु मात्र भइरहेको थियो ।
प्रचण्डले प्रधानमन्त्रीबाट जेठ १० गते नै राजिनामा दिने तर त्यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने जनाइएको छ ।
प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपनि काम चलाउ सरकारले नै बजेट ल्याउने तयारी भइरहेको छ ।
[jetpack_subscription_form
title="खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏"
subscribe_text="अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।"
subscribe_placeholder="इमेल ठेगाना यहाँ प्रविष्ट गर्नुहोस्…"
subscribe_button="सब्सक्राइब गर्न यहाँ क्लिक गर्नुहोस्"
]






