प्रचण्डले जेठ १० गते राजिनामा दिने


प्रकाशित मिति : ८ जेष्ठ २०७४, सोमबार

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रधानमन्त्री पदबाट जेठ १० गते राजिनामा दिने भएका छन् । सोही मितिमा राजिनामा दिने पार्टीले निर्णय नै गरेको केन्द्रीय कार्यालय सदस्य मणि थापाले जानकारी दिएका छन् ।

काँग्रेस पार्टीसँग भएको सहमतिअनुसार प्रचण्डले सरकार छाडेर काँग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गरिने भएको छ । यसअगाडि प्रचण्डले सरकार कहिले छाड्ने भन्ने विषयमा विभिन्न अड्कालवाजीहरु मात्र भइरहेको थियो ।

प्रचण्डले प्रधानमन्त्रीबाट जेठ १० गते नै राजिनामा दिने तर त्यसअघि नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवासँग पनि छलफल गर्ने जनाइएको छ ।

प्रचण्डले प्रधानमन्त्री पदबाट राजिनामा दिएपनि काम चलाउ सरकारले नै बजेट ल्याउने तयारी भइरहेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com