कांग्रेस नेता एवं पुर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यबारे विवादास्पद समाचार


प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार

(यो समाचार थप विवरणसहित अपडेट गरिएको छ । विगतको केही विवरण सच्याइएको छ । -सम्पादक)

नेपाली कांग्रेसका नेता एवं पुर्वमन्त्री नविन्द्रराज जोशीको स्वास्थ्यबारे स्थानीय संचारमाध्यमहरुमार्फत विवादास्पद समाचारहरु सार्वजनिक भएका छन् । कतिपय संचारमाध्यमले जोशीको मृत्यु भएको खबर प्रकाशित गरे लगत्तै त्यसको खण्डनमा गम्भिर अवस्थामा उपचार भइरहेको समाचारहरु आएका थिए ।

जोशीको ५७ बर्षको उमेरमा निधन भएको नेपाल प्रेसले प्रकाशित गरेको थियो ।  रातोपाटी लगायतका  संचारमाध्यमले स्वास्थ्य अवस्था गम्भीर बनेको समाचार प्रकाशित गरेका छन् ।

नर्भिकले जारी गरेको वक्तब्य

अहिले सामाजिक सञ्जालमा कतिपयले स्वास्थ्यलाभको कामना गरेका छन् भने कतिपयले श्रद्धाञ्जली दिइरहेका छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसैबीच अस्पतालले वक्तब्य जारी गरेर गम्भीर अवस्थामा उपचार भइरहेको जनाएको छ ।

जोशीलाई फागुन १४ गते शुक्रबार बिहान पौने ३ बजे शरीरको अंग नचलेपछि उनलाई वीर अस्पताल पुर्‍याइएको थियो । पछि मस्तिष्क घात भएको ठहर गदै नर्भिक अस्पतालमा लगिएको थियो ।

जोशीलाई मस्तिष्कको निकै संवेदनशील स्थानमा रगत जम्ने अवस्था ‘थ्यालेमिक ह्यामरेज’ भएको अस्पतालले जनाएको थियो । २०३६ सालको विद्यार्थी आन्दोलनबाट सक्रिय राजनीतिमा उदाउनुभएका जोशी २२ वर्षको उमेरमै नेपाल विद्यार्थी संघको महामन्त्री बन्नुभएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com