सर्वदलीय बैठक : ताजा जनादेशमा जानुपर्ने ओलीको प्रस्तावको दलहरुद्वारा चर्को आलोचना


प्रकाशित मिति : चैत्र ३, २०७७ मंगलबार

प्रधानमन्त्री केपी शर्मा ओलीले ताजा जनादेशमा जानुपर्ने प्रस्ताव राखेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बोलाएको सर्वदलीय बैठकमा ओलीले ताजा जनादेशका लागि पुनः निर्वाचनमा जानुपर्ने प्रस्ताव राखेका हुन्।

राष्ट्रपति भण्डारीले आफ्नो बंगलादेश भ्रमणबारे जानकारी दिन सर्वदलीय बैठक बोलाएकी थिइन्। तर बैठकमा ओलीले राजनीतिक विषयलाई प्रवेश गराएका हुन्।

ओलीले संसदले काम गर्न नसकेको भन्दै मध्यावधि निर्वाचनमा जानुपर्ने धारणा राखेका थिए। जसको बैठकमा सहभागी दलहरुले चर्को आलोचना गरेका थिए।

प्रधानमन्त्रीले ताजा जनादेशमा जानुपर्ने प्रसंग उल्लेख गर्नासाथ नेताहरुबीच घोचपेच सुरु भएको थियो। यस विषयमा कांग्रेस सभापति शेरबहादुर देउवाले केही नबोले पनि वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिवाद गरेका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि राष्ट्रपतिले बोलाएको बैठकमा राजनीतिक विषयमा कुराकानी गर्नु ठीक नहुने बताएका थिए। उनले यसबारे दलहरुबीच बसेर कुरा गर्नुपर्ने धारणा राखेका थिए। ‘यो संविधानभन्दा बाहिर रहेर केही गर्ने नसोचे हुन्छ,’ प्रचण्डले बैठकमा भनेको कुरा उद्दृत गर्दै एक सहभागीले भने।

जनता समाजवादी पार्टीका तर्फबाट उपेन्द्र यादवले पनि प्रतिवाद गरेका थिए। सबैभन्दा चर्को आलोचना राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए। ‘तपाईंले संविधानमाथि नै हमला गरिसक्नुभयो, संसद भंग गर्नुभयो, फेरि भंग गर्छु भन्नेरु यत्रो बलिदानबाट गणतन्त्र आएको छ, त्यसलाई मास्न खोज्नेरु यो कुनै हालतमा स्वीकार्य हुन्न,’ उनले भने।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com