कैयन अमेरिकनको राहत चेक गलत बैंक एकाउन्टमा, यसरी गर्नुहोस् ट्रयाक


प्रकाशित मिति : चैत्र १, २०७७ आईतबार

शुक्रबार आईआरएसले पठाएको तेश्रो चरणको राहत चेक कैयन अमेरिकनहरुको गलत बैंक खातामा गएको छ । जसका कारण सही एकाउन्टमा राहत चेक प्राप्त गर्न उनीहरुलाई लामो समय लाग्ने देखिएको छ ।

कतिपय करदाताहरुले अनलाइनबाट चेक गर्दा बैंक एकाउन्टको अन्तिमको चार नम्बर गलत भएको पत्ता लगाएका थिए । ट्याक्स फाइल गरिदिने थर्ड पार्टीका कारण यस्तो समस्या उत्पन्न भएको जनाइएको छ । ट्याक्स फाइल गर्दा रिफण्ड प्राप्त गर्न थर्डपार्टी अस्थायी एकाउन्ट बनाएकाहरुका सन्दर्भमा यो समस्या भएको हो ।

विगतका दुईवटा राहत चेकका सन्दर्भमा पनि यस्तो समस्या देखिएको थियो । जसका कारण उनीहरुलाई रकम प्राप्त गर्न लामो समय लाग्नेमात्र होइन, ट्याक्स फाइल गर्दा रिबेट दावी गर्ने अवस्था आएको थियो । यसपटक यो समस्या आईआरएसले कसरी सम्बोधन गर्छ भन्नेबारे केही बताएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यसरी गर्नुहोस् ट्रयाक

तपाईको एकाउन्टमा कुन दिन राहत चेक पठाइदैछ ? कुन विधिबाट पठाइदैछ ? कुन एकाउन्टमा पठाइदैछ ? त्यो हेर्नमिल्ने टुल युएससीआईएसले व्यवस्था गरिसकेको छ ।

आफ्नो राहत चेक कुन बिधिबाट कहिले आउँछ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

 

क्लीक गरिसकेपछि तपाईले फर्ममा सोसल सेक्युरिटी नम्बर, जन्ममिति, स्ट्रीटको ठेगाना र जीपकोड हाल्नुपर्छ । ठेगाना हाल्दा तपाईले स्ट्रीटको ठेगाना र अपार्टमेन्ट नम्बरमात्र हाल्नुपर्छ । सिटी र स्टेट उल्लेख गर्नुपर्दैन ।

तपाईको घरनम्बर र स्ट्रीट नम्बर हालेपछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ । उदारहणका लागि तपाई ९७२० ५७ एभिन्युमा बस्नुहुन्छ भने त्यतीमात्र हालेर कमा पछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ ।

पहिलो र दोश्रो चरणको चेकको स्टाटस हेर्न भने अनलानमा एकाउन्ट बनाउन जरुरी हुन्छ ।

रकम प्राप्त गर्नका लागि योग्य व्यक्तिले कुनै कदम चाल्नुनपर्ने जनाइएको छ ।

राष्ट्रपति जो बाइडेनले बिहिबार नै राहत चेक समेटिएको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा हस्ताक्षर गरेका थिए । यो प्याकेजमा राहत चेकका अतिरिक्त अत्यन्तै उदार चाइल्ड ट्याक्स क्रेडिट र बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक रकमको अवधि थप लगायतका प्रावधानहरु समेटिएको छ ।

आईआरएससँग बैंक एकाउन्ट नभएकाहरुले भने राहत चेकको रकम पाउन केहीसमय प्रतिक्षा गर्नुपर्नेछ । उनीहरुले डेबीट कार्ड वा कागजको चेकमार्फत रकम पाउनेछन् ।

७५ हजार भन्दा कम बार्षिक आम्दानी भएकाले १४ सय डलर, १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले २८ सय र हरेक डिपेन्डेन्टका लागि १४ सय डलरका दरले रकम प्राप्त हुनेछ ।

राहत चेक २०१९ वा २०२० को आम्दानीको आधारमा हुनेछ । सन् २०२० को ट्याक्स फाइल गरिसकेकाहरुका सन्दर्भमा २०२० कै आम्दानीका आधारमा र नगरेकाहरुको सन्दर्भमा २०१९ को आम्दानीका आधारमा चेक प्राप्त हुनेछ । उदाहरणका लागि दुईवटा बच्चा भएका दम्पत्तिले ५६ सय डलरको चेक पाउनेछन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com