यसरी चेक गर्नुहोस् आफ्नो बैंक एकाउन्टमा तेश्रो चरणको राहत चेक आउने मिति


प्रकाशित मिति : फाल्गुन २९, २०७७ शनिबार

आईआरएसले तेश्रो चरणको १४ सय डलरको राहत चेक पठाउन सुरु गरिसकेको छ । कतिपयको बैंक एकाउन्टमा शुक्रबार नै पठाइएको छ भने कतिपयको एकाउन्टमा आगामी दिनहरुमा पठाउने तय गरिएको छ ।

तपाईको एकाउन्टमा कुन दिन राहत चेक पठाइदैछ ? कुन विधिबाट पठाइदैछ ? कुन एकाउन्टमा पठाइदैछ ? त्यो हेर्नमिल्ने टुल युएससीआईएसले व्यवस्था गरिसकेको छ ।

आफ्नो राहत चेक कुन बिधिबाट कहिले आउँछ थाहा पाउन यहाँ क्लीक गर्नुहोला ।

 

क्लीक गरिसकेपछि तपाईले फर्ममा सोसल सेक्युरिटी नम्बर, जन्ममिति, स्ट्रीटको ठेगाना र जीपकोड हाल्नुपर्छ । ठेगाना हाल्दा तपाईले स्ट्रीटको ठेगाना र अपार्टमेन्ट नम्बरमात्र हाल्नुपर्छ । सिटी र स्टेट उल्लेख गर्नुपर्दैन ।

तपाईको घरनम्बर र स्ट्रीट नम्बर हालेपछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ । उदारहणका लागि तपाई ९७२० ५७ एभिन्युमा बस्नुहुन्छ भने त्यतीमात्र हालेर कमा पछि अपार्टमेन्ट नम्बर उल्लेख गर्नुपर्छ ।

पहिलो र दोश्रो चरणको चेकको स्टाटस हेर्न भने अनलानमा एकाउन्ट बनाउन जरुरी हुन्छ ।

रकम प्राप्त गर्नका लागि योग्य व्यक्तिले कुनै कदम चाल्नुनपर्ने जनाइएको छ ।

राष्ट्रपति जो बाइडेनले बिहिबार नै राहत चेक समेटिएको १ दशमलव ९ ट्रिलियनको राहत प्याकेजमा हस्ताक्षर गरेका थिए । यो प्याकेजमा राहत चेकका अतिरिक्त अत्यन्तै उदार चाइल्ड ट्याक्स क्रेडिट र बेरोजगारी विमा रकमका अतिरिक्त साप्ताहिक रकमको अवधि थप लगायतका प्रावधानहरु समेटिएको छ ।

आईआरएससँग बैंक एकाउन्ट नभएकाहरुले भने राहत चेकको रकम पाउन केहीसमय प्रतिक्षा गर्नुपर्नेछ । उनीहरुले डेबीट कार्ड वा कागजको चेकमार्फत रकम पाउनेछन् ।

७५ हजार भन्दा कम बार्षिक आम्दानी भएकाले १४ सय डलर, १ लाख ५० हजार भन्दा कम आम्दानी भएका दम्पत्तिले २८ सय र हरेक डिपेन्डेन्टका लागि १४ सय डलरका दरले रकम प्राप्त हुनेछ ।

राहत चेक २०१९ वा २०२० को आम्दानीको आधारमा हुनेछ । सन् २०२० को ट्याक्स फाइल गरिसकेकाहरुका सन्दर्भमा २०२० कै आम्दानीका आधारमा र नगरेकाहरुको सन्दर्भमा २०१९ को आम्दानीका आधारमा चेक प्राप्त हुनेछ । उदाहरणका लागि दुईवटा बच्चा भएका दम्पत्तिले ५६ सय डलरको चेक पाउनेछन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com