आगामी साता प्रतिनिधिसभाको तालिकामा दुई अध्यागमन बिल


प्रकाशित मिति : फाल्गुन २८, २०७७ शुक्रबार

आगामी साता अमेरिकी संसदको तल्लो सदन प्रतिनिधिसभाको तालिकामा दुई अध्यागमन बिल बहस र मतदानका लागि राखिएको छ । बिहिबार प्रतिनिधिभासमा डेमोक्रेटिक नेता स्टेनी होयरले उक्त तालिका सार्वजनिक गरेका हुन् ।

बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनहरुलाई संरक्षण प्रदान गर्ने विषय बिलमा समावेश छ । फार्म वर्कफोर्स मोर्डनाइजेन एक्ट र अमेरिकन ड्रिम एण्ड प्रमिस एक्ट नाममा यी दुईबिलहरुमध्ये पहिलोमा कागजपत्रविहिन कृषिकामदारलाई ग्रिनकार्डको बाटोमा लैजाने उल्लेख छ ।

अमेरिकन ड्रिम एण्ड प्रमिस एक्टले बाल्यकालमा अमेरिका आएका कागजपत्रविहिनलाई अमेरिकामा रहने र नागरिकताको बाटोमा लैजाने विषय समेटेको छ । डेमोक्रेटिक सिनेटर डिक्स डर्बिन र लिन्ड्से ग्राहमले गत महिना बिलको सिनेट भर्सन सार्वजनिक गरेका थिए ।

बिल प्रतिनिधिसभाबाट पारित हुनमा खास गाह्रो छैन । पचास पचासमा विभाजित सिनेटबाट पारित गर्न भने सहज छैन ।

यो बाहेक डेमोक्र्याट्सहरुले अझै पनि बाइडेनको युएस सिटिजनसिप एक्ट नै पारित गराउनका लागि पहल गरिरहेका छन् । जसले अमेरिकामा रहेका डाकाले समेटेका, टीपीएसवाहक, कृषि कामदार लगायत, सन् २०२१ को जनवरी १ अगाडि अमेरिकामा कागजपत्रविहिन रहेकाहरु गरी ११ मिलियन कागजपत्रविहिनलाई ग्रिनकार्ड हुँदै नागरिकताको बाटोमा लैजान्छ ।

आगामी साता मतदान हुने ११ मिलियन कागजपत्रविहिनलाई नागरिकताको बाटोमा लैजाने युएस सिटिजनसिप एक्टमा भने होइन । सिनेट र हाउसको भर्सन सार्वजनिक भइसकेको युएस सिटिजनसिप एक्टमा कहिले मतदान हुने भन्नेबारे अझै स्पष्ट छैन ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com