बाइडेन प्रशासनबाट ग्रिनकार्डमा ट्रम्पकालिन पब्लिक चार्जको नियम कार्यान्वयन गर्न बन्द


प्रकाशित मिति : फाल्गुन २६, २०७७ बुधबार

बाइडेन प्रशासनले कम आम्दानी हुनेहरु र सरकारी सुविधा लिनेहरुलाई ग्रिनकार्डमा कडाई गर्ने तथा रोक लगाउने ट्रम्पकालिन पब्लिक चार्जको नियम कार्यान्वयन गर्न बन्द गरेको छ । होमल्याण्ड सेक्युरिटीका सेक्रेटरी अलेहान्द्रो मेयरकासले पब्लिक चार्जको नियम लागु गर्न मंगलबारदेखि नै रोकिसकिएको बताएका छन् ।

मंगलबारमात्रै सर्वोच्च अदालतले पब्लिक चार्जको नियम कार्यान्वयनका पक्षमा पर्ने मुद्दाहरु खारेज गर्नका लागि बाइडेन प्रशासनको अनुरोधलाई स्वीकार गरेको थियो । सर्बोच्चले गतमहिनामात्रै पब्लिक चार्जको नियममा पुन सुनुवाईका लागि सहमति जनाएको थियो ।

सेक्रेटरी अफ होमल्याण्ड सेक्युरिटी अलेहान्द्रो मेयरकास

लगत्तै मंगलबार डिपार्टमेन्ट अफ जस्टिसले देशभरका अदालतहरुलाई सुचित गर्दै ट्रम्पकालिन पब्लिक चार्जको नियमको प्रतिरक्षा नगर्ने सुचित गरेको हो । सन् २०१९ को पब्लिक चार्जको नियम अमेरिकाको मूल्य मान्यता विपरित भएको मेयरकासको भनाई छ ।

अब ग्रिनकार्डका आवेदनकले आत्मनिर्भरता फर्म आई ९४४ भर्नु नपर्ने भएको छ । युएससीआईएसले उक्त फर्म वेवसाइट र प्रणालीबाटै हटाइसकेको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पब्लिक चार्जको नियम अनुशार अमेरिकामा स्वास्थ्य, आवास र खाद्यान्नका लागि सरकारी सुविधा लिएका र लिने सम्भावना भएकालाई ग्रिनकार्डमा कडाई गरिदै आएको थियो । गतमहिना राष्ट्रपति जो बाइडेनले पब्लिक चार्जको नियमको पुनरावलोकनका लागि आदेश दिएका थिए ।

जस्टिस डिपार्टमेन्टको कदम लगत्तै सातौं सर्किट कोर्टले पब्लिक चार्जको नियम लागु गराउनका लागि भएको पुनरावेदन खारेज गरिदिएको छ । बाइडेन प्रशासनले अब पब्लिक चार्जका सन्दर्भमा क्लीन्टनकालिन नियम लागु गर्ने भएको छ ।

सन् १९९९ को अन्तरिम निर्देशिका अनुशार सरकारले साधारण मेडिकेड, आवास, फुड स्ट्याम्प लगायतका खाद्य सुविधालाई ग्रिनकार्डको निर्धारकका रुपमा पब्लिक चार्जका रुपमा नलिने उल्लेख छ । त्यस्तै कोरोनाबिरुद्धको भ्याक्सिन र उपचारलाई पनि पब्लिक चार्जमा गणना नगरिने स्पष्ट पारिएको छ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com