१० महिना अगाडि न्युयोर्कमा मृत्यु भएका नेपालीको आज न्युयोर्कमै दाहसंस्कार


प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार

१० महिना अगाडि न्युयोर्कमा मृत्यु भएका नेपाली सयलक बुढामगरको आज न्युयोर्कमा नै दाहसंस्कार गरिने भएको छ । कोरोना महामारीको बेलामा न्युयोर्कको एल्महस्र्ट अस्पतालमा गत मे २३ मा मृत्यु भएका रुकुमको तकसेरा स्थायी घर भएका बुढामगरको आज न्युयोर्ककै बु्रकलिनमा रहेको इन्टनेशल फ्युनेरल सर्भिस नामको फ्युनेरल होममा दाहसंस्कार गर्न लागिएको हो ।

सन् १९७८ को मे १९ मा जन्मिएका बुढामगरको जन्मदिनको ४ दिनपछि अर्थात् सन् २०२० को मे २३ मा मृत्यु भएको थियो ।

आफूहरुले मृतकको शव नेपाल पठाउन वा नेपालबाट परिवारका सदस्यहरु अमेरिका झिकाउन प्रयास गरेपनि शव पठाउन अस्पतालले स्वीकृत नदिएपछि र नेपालबाट परिवारका सदस्यहरु आउन दूतावासले भिसा नदिएपछि झण्डै १० महिनापछि आज न्युयोर्कमै दाहसंस्कार गर्न लागिएको मगर संघ अमेरिकाका कुलदिप रानामगरले खसोखासलाई जानकारी दिए । मगर संस्कार अनुसार नै शवको अन्त्येष्टि गरिने उनले जानकारी दिए ।

न्युयोर्कको एल्महस्र्ट अस्पताल जहाँ सयलक बुढामगरको मृत्यु भएको थियो ।

मृतक बुढामगर तीनबर्ष अगाडि मेक्सिकोको बाटोहुँदै हिडेर अमेरिका प्रवेश गरेका कागजपत्रविहिन थिए । अनेकौं समस्या भोग्दै अमेरिका आएका उनको फोक्सोमा समस्या रहेको र त्यही समस्या बल्झेर कोरोना महामारीका बीच निधन भएको थियो । उनका श्रीमती र छोराछोरीले दाहसंस्कारमा अमेरिका आउन अमेरिकी दूतावास काठमाडौंमा भिसा आवेदन दिएपनि दूतावासले भिसा अस्वीकार गरिदिएको थियो । अब परिवारका सदस्यको उपस्थीति विना नै दाहसंस्कार गरिने भएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शवलाई १० महिनाभन्दा लामो समयसम्म फ्युनेरल होममा मासिक ७५० डलर तिरेर राखिएको थियो । मगर संघ अमेरिकाका अध्यक्ष पहलमा गेमी तकसेरा समाजका न्युयोर्कको च्याप्टर इश्वर बुढामगर, मगर संघ अमेरिकाका न्युयोर्क च्याप्टरका अध्यक्ष याम पुनमगर र लुकुम समाजका अध्यक्ष सुरेश पुन मगरको नेतृत्वमा दाहसंस्कार र परिवारको सहयोगका लागि झण्डै ४५ हजार अमेरिकी डलर सहयोग समेत उठाइएको छ ।

दाहसंस्कार लगायतको खर्चबाट बचेको रकम परिवारलाई पठाइने भएको छ ।

बुढा मगरको मृत्युु पछि गत बर्षको मे २४ मा मगर संघ अमेरिकाका केन्द्रिय अध्यक्ष कुलदिप राना मगरको संयोजकत्वमा स्व सयलाक बुढा मगर परिवार सहयोग समुह निर्माण गरेर आर्थिक सहयोग संकलन गर्ने , लास ब्यबस्थापन गर्ने र परिवारको भिषा प्रक्रिया अगि बढाउने कार्यहरु अगाडि बढाइएको थियो । अध्यक्ष रानामगरले भने – ‘थुप्रै आशा र सपनाहरु बोकेर अनेक कष्टहरु झेल्दै अमेरिका प्रवेश गरेका रुकुम पुथा उत्तरगंगा गाउपालिका तकसेराका सयलाक बुढा मगरका आशा र सपनाहरु अमेरिकामै बिलिन भए । उहाँप्रति हार्दिक श्रद्धाञ्जली र शोकाकुल परिवारमा समवेदना ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com