दैलेखमा एकै परिवारका पाँच जनाले गरे सामूहिक आत्महत्या


प्रकाशित मिति : फाल्गुन २५, २०७७ मंगलबार

सा‍ंकेतिक तस्बिर

दैलेखको आठविस नगरपालिका–३ निमाइलका एकै घरका पाँच जनाले कर्णाली नदीमा हामफालेर आत्महत्या गरेका छन्। यही फागुन २३ गते राति घरबाट बेपत्ता भएकी सुखी बडुवाल, उनकी तीन छोरी र एक छोराले सामूहिकरुपमा कर्णाली नदीमा हामफालेर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

बेपत्ता भएकामध्ये दुई छोरी १५ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालकोे हात बाँधेको अवस्थामा २४ गते सोमबार साँझ कर्णाली नदीमा शव फेला परेको थियो भने आमा सुखी बडुवाल र ८ वर्षीय छोरा ललित बडुवालको शव मंगलबार दिउँसो नदीमा फेला परेको छ। पाँच वर्षीया रजनी बडुवालको खोजी तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय दैलेखका सहायक प्रमुख जिल्ला अधिकारी हरि देवकोटाले जानकारी दिएका छन्। घटनास्थलमा दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेल, दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठ र सुर्खेतका प्रहरी प्रमुख डिआइजी वसन्त पन्त र गोताखोरको टोलीसमेत पुगेको खोजी कार्य तीव्र पारिएको छ ।

सनाखत भएका चारको शव परीक्षणका लागि अछामको मङ्गलसेनतर्फ लगिएको दैलेखका प्रहरी प्रमुख अनुपम श्रेष्ठले जानकारी दिए। घरमूली मानसिंह बडुवालले श्रीमतीसहित सबै परिवारलाई मदिरा सेवन गरेर लगातार तनाव दिएपछि २३ गते साँझ नै चार केटाकेटीसहित सुखी बडुवाल घरबाट निस्किएको स्थानीयले बताएका छन् ।

मदिरा सेवनसँगै लगातार घरमूलीले तनाव दिएपछि उनीहरु नदीमा हाम फाल्नुपर्ने अवस्था आएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घरमूली मानसिंह बडुवाललाई प्रहरीले पक्राउ गरेर राकम कर्णाली प्रहरीचौकीमा अनुसन्धान गरिरहेको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

घरेलु हिंसाकै कारण नाबालकले समेत अनाहकमै ज्यान गुमाउनुपरेको विषयलाई लिएर अधिकारकर्मीले विरोध जनाएका छन्। तीनै तहका सरकारले वडा तहसम्मका नागरिकको समस्या के छ, कसरी बसेका छन्, घरेलु मदिराको बिगबिगी कस्तो छ भन्नेबारेमा समस्यामा परेका महिला र बालबालिकाको अवस्था तत्काल चित्रण गरेर आगामी दिनमा यस्ता घटना हुन नदिने वातावरण तयार गर्न आग्रह गरेका छन्।रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com