अमेरिकामा दिनेश सुनारबाट पार्कर खेलमा पाँचौं विश्व रेकर्डको प्रयास


प्रकाशित मिति : फाल्गुन २४, २०७७ सोमबार

नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकामा पार्कर खेलमा नयाँ विश्व रेकर्डको प्रयास गरेका छन् । आइतबार ओहायोको एक्रोनमा सनसाईन तेक्वान्दो एकेडेमीको प्रायोजनमा सुनारले ‘द मोस्ट स्टाण्डिङ फूल ट्वीस्ट ब्याक समरसल्ट इन थर्टी सेकेण्ड’ शीर्षकमा विश्व रेकर्डको प्रयास गरेका हुन् ।

उनी ३० सेकेन्डको समयमा १३ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्न सफल भए । यस बिधामा विश्व रेकर्डका लागी ३० सेकेन्ड मा ८ पटक सम्म ट्वीस्ट ब्याक समरसल्ट हान्नुपर्ने भएपनि उनले त्योभन्दा धेरै १३ पटकसम्म हानेका थिए ।

यो विश्व रेकर्ड गिनिज बुकले स्वीकार गर्न र प्रमाणपत्र प्रदान गर्न भने बाँकी नै रहेको छ । अबको केही सातापछि गिनिज बुकले रेकर्ड स्वीकार गरेर प्रमाणपत्र जारी गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रममा ग्रेटर एक्रोन, हिन्दु सेवा समितिका अध्यक्ष महानन्द लुइँटेल, भुटनिज कम्युनिटी एशोसियसन अफ एक्रोनका अध्यक्ष मनोरथ खनाल, उपाध्यक्ष आकाश खतिवडा र सनसाइनका प्रोप्राइटर कौशिला खनाल कर्मचार्य लगायतको उपस्थीति रहेको थियो।

यसअगाडि दिनेशले गतबर्षको जनवरी ५ मा अमेरिकामा नै ‘दि मस्ट ब्याकवार्ड समरसल्ट अगेन्स्ट ट्राम्पोलिन इन एन आवर’ मा ४६० पटक ब्य्याक फ्लिप्स गरेर गिनिज बुकमा नयाँ रेकर्ड कायम गरेका थिए । उनले गतबर्ष भर्जिनियामा आयोजित कार्यक्रममा रेकर्ड ब्रेक गरेका थिए ।

पार्कर खेल मार्फत नेपाललाई विश्वसामु चिनाउने थप प्रयत्नको लागि अमेरिकामा आएर विश्व कीर्तिमान राख्नको लागि सहयोग गर्ने सबैलाई दिनेशले धन्यवाद दिएका छन् ।

 

दिनेशले पार्कर खेलमा नेपालमा तीनवटा विश्व रेकर्ड कायम गरेका थिए । उनले सन् २०१७ को जुन १ मा ३६० डिग्रीको रोटेशनमा एक मिनेटमा १८ पटक पर्खाल टेक्दै ब्य्याक फ्लिप्स गरेर पहिलो विश्व रेकर्ड कायम गरेका थिए ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com