अमेरिकी दूतावास काठमाडौंबाट विद्यार्थी सहित ७ प्रकारका भिसा जारी गर्न सुरु


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

अमेरिकी दूतावास काठमाडौंले विद्यार्थी सहित ७ प्रकारका भिसा जारी गर्न सुरु गरेको छ । दूतावासले अपडेट गरेको सुचना अनुशार विना अन्तरवार्ता नविकरण गर्ने भिजिटर भिसा बीवान /बी टु भिसा, सिमित संख्यामा क्रु मेम्बर सी वान / डी भिसा, सिमित संख्यामा विद्यार्थी भिसा एफ, एम र एक्सचेन्ज भिजिटर जे भिसा, मेडिकल वा अन्य आपतकालिन अवस्थाका अन्य गैरआप्रवासी भिसा जारी गर्नका लागि अप्वाइन्टमेन्ट दिन थालेको छ ।

दूतावासले सिमित संख्यामा कामदार भिसा एच र एलका लागि समेत भिसा अप्वाइन्टमेन्ट दिन थालेको छ ।

त्यस्तै विद्यार्थी भिसा आवेदकका लागि विगतमा कोरोना महामारीका कारण शीघ्र अप्वाइन्टमेन्टको व्यवस्था खारेज गरिएकोमा अमेरिकी दूतावास काठमाडौंले उक्त व्यवस्था पुन लागु गरेको छ । अर्थात् निश्चित मापदण्ड पूरा गरेका विद्यार्थी भिसाका आवेदकहरुले शीघ्र अप्वाइन्टमेन्ट समेत लिनसक्ने भएका छन् ।

यदि विगत १२ महिनामा भिसा अस्वीकृत भएको छैन र कार्यक्रमको शुरु हुने अपेक्षित मितिको लागि कुनै अनलाइन अपोइन्टमेन्ट उपलब्ध छैनन् भने त्यस्ता विद्यार्थी भिसा र एक्सचेन्ज भिसाका आवेदकहरुले शीघ्र अप्वाइन्टमेन्ट लिनसक्नेछन् । त्यस्तै एकबर्ष वा लामो समय पढाई स्थगित गरेर पुन पढाई सुचारु गर्नका लागि अमेरिका फर्कन थालेका विद्यार्थी/एक्सचेन्ज भिजिटरले समेत शीघ्र अप्वाइन्टमेन्ट लिन सक्नेछन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

शीघ्र अप्वाइन्टमेन्ट लिनका लागि सुरुमा डीएस १६० फर्म भरेर भिसा शुल्क तिर्नुपर्छ । अनि अनलाइनबाट उपलब्ध सबैभन्दा अगाडिको कुनै पनि मितिको अप्वाइन्टमेन्ट लिनुपर्छ । त्यसपछि शीघ्र अप्वाइन्टमेन्टको विकल्प दिइन्छ । त्यसपछि शीघ्र अप्वाइन्टमेन्टको फर्म भरेर कल सेन्टरमा सम्पर्क गर्नुपर्छ । दूतावासले तपाईको शीघ्र अप्वाइन्टमेन्ट स्वीकृत भएकोबारे इमेलमार्फत जानकारी गराउँछ । त्यसपछि तपाईले शीघ्र अप्वाइन्टमेन्टको मिति तय गर्न सक्नुहुनेछ ।

अहिलेसम्म काठमाडौंमा रहेको अमेरिकी दूतावासले विद्यार्थी भिसा जारी नगरेपछि नेपालीहरु दिल्ली र अन्य दूतावासबाट विद्यार्थी भिसा लिइरहेका थिए । जनवरीमा दिल्लीमा रहेको अमेरिकी दूतावासमार्फत अमेरिकाको विद्यार्थी भिसा लिने नेपालीहरुको संख्या उल्लेख्य रहेको थियो  । काठमाडौंमा रहेको अमेरिकी दूतावासले एकजनालाईमात्र विद्यार्थी भिसा जारी गरेपनि जनवरीमा विद्यार्थी भिसा पाउने नेपालीहरुको कुल संख्या भने १ सय ११ रहेको थियो । उनीहरुका ५ जना डिपेण्डेण्टहरुले समेत भिसा पाए  ।

आप्रवासी भिसा आवेदकलाई जानकारी कुर्न सुझाव

डिभी २०२१ का विजेता लगायत अन्य आप्रवासी भिसा आवेदकलाई भने  अप्वाइन्टमेन्ट तय भएको नोटिफिकेशन कुर्न र धैर्य रहन अमेरिकी दूतावास काठमाडौंले सुझाव दिएको छ । पहिले नै अन्तरवार्ता भइसकेका तर कार्यकारी आदेशका कारण भिसा अस्वीकृत भएका आप्रवासी भिसा आवेदकहरुलाई अब चाल्नुपर्ने कदमबारे दूतावासले सुचित  गर्ने जनाएको छ ।

‘हामीले २०२१ का डाइभर्सिटी भिसा आवेदकहरुसहित आप्रवासी भिसा आवेदकलाई धैर्य रहन र अप्वाइन्ट तय भएको सुचना प्राप्त नहुँदासम्म पर्खन प्रोत्साहित गर्दछौं । पहिले नै अन्तरवार्ता भएर राष्ट्रपतिको कार्यकारी आदेश १००१४ का कारण भिसा अस्वीकृत भएकाहरुले अब चाल्ने कदमका सन्दर्भमा दूतावासबाट निर्देशनहरुको प्रतिक्षा गर्नुपर्छ ।’ –  दूतावासकी प्रवक्ता अन्ना रिची एलेनले खसोखासलाई जानकारी दिइन् ।

ग्राहक र कर्मचारीहरुको सुरक्षा र स्वास्थ्यको संरक्षणका लागि लागु गरिएका मापदण्डहरुका कारण दूतावासको अप्वाइन्टमेन्ट निर्धारण क्षमता सिमित रहेकोबारे सबै भिसा आवेदकहरु समेत हुनुपर्ने प्रवक्ताको भनाई छ । सेवा सुचारुबारे अमेरिकी विदेशमन्त्रालयको निर्देशिका अनुशार आप्रवासी भिसाका अप्वाइन्टमेन्टहरु सकेजति तय गर्ने कामलाई निरन्तरता दिने दूतावासले जनाएको छ ।

दूतावासले यसबारेका वेवसाइटमा पनि सुचना राखेको छ । आवेदक र कर्मचारीहरु दुबैका लागि सुरक्षित हुने तरिकाले अमेरिका र नेपालबीचको यात्रा सहज बनाउन तथा पूरै भिसा सेवा संचालन गर्न दूतावासले काम गरिरहेको वेवासाइटमा प्रकाशित सुचनामा उल्लेख छ ।  तर दूतावासले कहिलेदेखि नियमित भिसा सेवा संचालन गर्ने भन्नेबारे केही बताएको छैन ।

२४ महिनाभित्र भिसा सकिएकाले विना अन्तरवार्ता मार्च ३१ सम्म भिसा नविकरण गर्न पाउने

 

गैर आप्रवासी भिसाका आवेदकहरुका सन्दर्भमा भिसा शुल्क सन् २०२२ को सेप्टेम्बर ३० सम्म अद्यावधिक रहने र उक्त अवधिसम्मको भिसाका लागि सोही देशमा प्रयोग गर्न सकिने दूतावासले जनाएको छ ।

 

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com