नेपालबाट ३७ वर्षअघि चोरिएको मूर्ति अमेरिकी सरकारद्वारा राजदूत खतिवडालाई हस्तान्तरण


प्रकाशित मिति : फाल्गुन २२, २०७७ शनिबार

नेपालबाट ३७ वर्षअघि चोरिएको एउटा महत्वपूर्ण मूर्ति अमेरिकी सरकारले नेपाललाई हस्तान्तरण गरेको छ। सन् १९८४ मा नेपालबाट चोरेर अवैधरुपमा अमेरिका पुर्‍याइएको लक्ष्मीनारायण पनि भनिने वसुदेव–कमलाजाको मूर्ति अमेरिकाको फेडरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) का उपसहायक निर्देशक टिमोथी एन. ड्युनह्यामले अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडालाई नेपाली दूतावासमै आयोजित एक विशेष समारोहबीच हस्तान्तरण गर्नुभएको हो ।

दूतावासका अनुसार सो मूर्ति पाटनस्थित एक मन्दिरको ऐतिहासिक मूर्ति हो। त्यसलाई अमेरिकामा पुर्‍याई ड्यालस म्युजियम अफ आर्ट्स टेक्सासमा सन् १९९० देखि प्रदर्शनमा गरेर राखिएको थियो।

वसुदेव–कमलजाको मूर्तिमा विष्णु र देवी लक्ष्मीलाई प्रतीकात्मकरुपमा देखाइएको छ। ३३.५ इन्च उचाई र १९.२५ इन्च चौडाई रहेको सो मूर्ति नेपालको मध्यकालीन अवस्थामा बनेको अनुमान गरिन्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘सो मूर्ति सन् १९८४ मा ललितपुरको नारायण मन्दिरबाट चोरी गरी अवैधरुपमा अमेरिका ल्याइएको बताइन्छ,’ दूतावासले भनेको छ। सो मूर्तिलाई अब युनेस्कोको महासन्धि लगायतका आवश्यक प्रावधान तथा अन्य उचित प्रक्रिया पुरा गरी नेपाल पुर्‍याइने दूतावासले जनाएको छ।

सो हस्तान्तरण समारोहमा सम्बोधन गर्दै राजदूत खतिवडाले सो महत्वपूर्ण ऐतिहासिक मूर्ति फिर्ता गर्न सहयोग गरेकोमा अमेरिकी सरकारको प्रशंसा गर्नुभएको थियो ।

‘यो महत्वपूर्ण कलालाई नेपालस्थित आफ्नो पुरानो ठाउँमै पुनर्स्थापना गर्नका लागि अमेरिकी सरकारले गरेको सहयोगप्रति राजदूत खतिवडाले आभार व्यक्त गर्नुभयो,’ दूतावासले भनेको छ, ‘साँस्कृतिक सम्पदाको संरक्षणमा दुई देशबीच भएको यो सहयोगले दुई मुलुकबीच रहेको बहुपक्षीय तथा दीर्घकालीन सहयोगलाई थप बलियो बनाउने उहाँले बताउनुभयो।’

त्यसैगरी सोहि समारोहमा सम्बोधन गर्दै अमेरिकी विदेश मन्त्रालयका प्रमुख उपसहायक विदेशमन्त्री एर्भिन मेसिंगाले नेपाललाई सांस्कृतिक सम्पदाको संरक्षणमा अमेरिकाको सधै साथ रहने बताउनुभयो । उपसहायक निर्देशक ड्युनह्यामले साँस्कृतिक सम्पदाको संरक्षणको महत्वप्रति नेपाल र अमेरिका दुवै देशले उच्च महत्व दिएको र यस्तो सहकार्यलाई निरन्तरता दिइने बताउनुभयो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com