हस्ताक्षरपछि विप्लवले भने–३ बुँदे सहमति पालना गर्न प्रतिबद्ध छौं


प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले सरकारसँग भएको ३ बुँदे सहमतिमा आफ्नो पार्टी प्रतिबद्ध रहेको बताएका छन्।

बिहीबार राष्ट्रिय सभागृहमा आयोजित सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा बोल्दै उनले भने, ‘३ बुँदेमा नेकपा प्रतिबद्ध छ, यसलाई हामी दृढतापूर्वक पालना गर्छौं, यसप्रति कुनै आशंका र कुतर्क गर्नु जरुरी छैन ।’

उनले नेपाली राजनीतिक आन्दोलनको नयाँ दिन भएको उल्लेख गर्दै ३ बुँदे सहमतिपत्र सफलतापूर्वक तयार पार्न सफल वार्ता टोलीका सदस्यहरुलाई धन्यवाद दिए।

‘यो सहमति केवल नेकपा र सरकारबीचको मात्र होइन, केही नेताको मात्र पनि होइन, यसपछाडि लुकेको नेपाललाई सुन्दर, स्वाभिमान बनाउने युवाहरुको आकांक्षा छ,’ उनले भने। उनले यस सहमतिका पछाडि युवाहरुभित्र हुर्किएको समृद्ध जीवन र शान्तिको चाहना पनि रहेको बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू काठमाडौं आउने क्रममा शुक्रबार बिहानै सहिद आमाले टीका लगाइदिँदा भनेको प्रसंग उद्धृत भने, ‘आजसम्म धेरैका इच्छा पूरा भए तर सहिदका चाहना पूरा भइसकेका छैनन्, नेपालका जनताको चाहना पूरा भएको छैन, हामी दुःख गरिखाने नेपालीको चाहना पूरा भएको छैन, तपाईंहरुले यो सम्झेर हस्ताक्षर गर्नुहोला।’

उनले आफूहरुले सहिद परिवारका सपना मर्न नदिने दृढता पनि जनाए। सँगै बेपत्ता योद्धा, घाइते, अपांग सबैलाई सम्झनुपर्ने र उनीहरुको चाहनालाई पूरा गर्ने प्रतिबद्धता गर्नुपर्ने पनि बताए।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com