सरकार र विप्लव नेकपाबीच सहमतिपत्रमा हस्ताक्षर


प्रकाशित मिति : फाल्गुन २१, २०७७ शुक्रबार

फाइल तस्बिर

सरकार र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। काठमाडौंको राष्ट्रिय सभागृहमा शुक्रबार आयोजित कार्यक्रममा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका तर्फबाट प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले हस्ताक्षर गरेका हुन्।

सरकारी वार्ता टोली र विप्लव नेकपाको वार्ता टोलीबीच बिहीबार ३ बुँदे सहमति भएको थियो।

वार्ता टोलीका सदस्य डा. राजन भट्टराईले विप्लव नेकपासँग एक वर्षदेखि विभिन्न माध्यमबाट प्रत्यक्ष, अप्रत्यक्ष छलफल र संवाद अघि बढेको उल्लेख गर्दै सरकारका तर्फबाट प्रधानमन्त्री आफैंले र विप्लव नेकपाका तर्फबाट चन्दले संवादको नेतृत्व गरिरहेको बताए।

उनले पछिल्लोपटक मंसिरयता प्रयासलाई अगाडि बढाएको र तीन बुँदे सहमति भएको पनि भट्टराईले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यी हुन् सहमतिका बुँदाहरु
१. दुवै पक्ष नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टी देशको राजनीतिक समस्याहरु वार्ता र सम्वादबाट समाधान गर्न सहमत भएका छौं।

२. नेपाल कम्युनिस्ट पार्टी आफ्ना सबै राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रुपमा गर्न सहमत भएको छ।

३. नेपाल सरकार नेपाल कम्युनिस्ट पार्टीमाथि लगाएको प्रतिबन्ध हटाउन, कारागारमा रहेका पार्टीका नेता र कार्यकर्ता रिहाई गर्न र सम्पूर्ण मुद्दाहरु खारेज गर्न सहमत भएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com