सरकार र विप्लव नेकपाबीच ३ बुँदे सहमति, विप्लवमाथिको प्रतिबन्ध हटाइने


प्रकाशित मिति : फाल्गुन २०, २०७७ बिहीबार

सरकार र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाबीच ३ बुदे सहमति भएको छ। सरकारी वार्ता टोलीका प्रमुख गृहमन्त्री रामबहादुर थापा र विप्लव पक्षका वार्ता टोली प्रमुख खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ ले संयुक्त प्रेस नोट जारी गर्दैै सहमति भएको जानकारी दिएका हुन्।

सहमतिअनुसार विप्लव समूहले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको प्रतिबन्ध हटाउने, सम्पूर्ण बन्दीको रिहाई र मुद्दा खारेजीलगायतका विषयहरु रहेका छन्।

सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिउँसो २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने जनाइएको छ। उक्त समारोहलाई प्रधानमन्त्री केपी ओली र नेकपाका तर्फबाट विप्लवले सम्बोधन गर्नेछन्।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com