सांसदहरुले लगाए कोरोना खोप


प्रकाशित मिति : फाल्गुन १९, २०७७ बुधबार

यही फागुन २३ गते प्रतिनिधिसभा बैठक बस्न लागेको सन्दर्भमा बुधबारदेखि सांसद, कर्मचारी तथा सुरक्षाकर्मीहरुलाई कोरोना खोप लगाउन थालिएकाे छ। बुधबार पहिलो दिन प्रतिनिधिसभा र राष्ट्रिय सभाका सांसदहरुलाई खोप लगाइएको छ। त्यसक्रममा सभामुख अग्निप्रसाद सापकोटा, नेकपा प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाललगायतले खोप लगाएका थिए।

सभामुखका निजी सचिवालयमा कार्यरत कर्मचारी, दुवै सदनका महासचिव, सचिव, कार्यव्यवस्था शाखा र सांसद सुविधा व्यवस्थापन शाखामा कार्यरत कर्मचारी, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको हाजिरी व्यवस्थापनमा कार्यरत कर्मचारी, मर्यादापालक र संसदीय मामिला पत्रकारहरुलाई पनि खोप लगाइने संघीय संसद सचिवालयले जनाएको छ।

यस्तै बिहीबार संसद सचिवालयका कर्मचारी, स्वकीय सचिवलगायत सबै कर्मचारी, ट्राफिक, बम डिस्पोजल, कुकुरबाट चेकजाँच गर्ने सुरक्षाकर्मीलगायतलाई खोप लगाइने भएको छ भने शुक्रबार सम्मेलन केन्द्रका सबै कर्मचारी तथा छुट भएकालाई लगाइने सचिवालयले जानकारी दिएको छ।

खोपपछि शीर्ष नेताको प्रतिक्रिया
खोप लगाएपछि प्रतिक्रिया दिँदै प्रचण्डले सबै नेपाली नागरिकलाई विना हिचकिचाहट सहज ढंगले खोप प्रयोग गरी स्वथ्य रहन अपिल गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाले मानव जातिलाई अप्ठेरो पारिरहेको अवस्थामा खोपको आविष्कार र प्रमाणित भएपछि मानिसले खराब विषाणुविरुद्ध फेरि एकपटक विजय हासिल गरेको महसुस भएको बताए।

यस्तै, नेता नेपालले पनि अन्तर्राष्ट्रिय समुदायबाट गहिरो अध्ययन र अनुसन्धानबाट प्रभावकारी साबित भएको कोभिड–१९ विरुद्धको खोप ढुक्क भएर विश्वासका साथ लगाउन सर्वसाधारणलाई सुझाव दिए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com