बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने प्रधानमन्त्रीको अभिव्यक्तिको आलोचना


प्रकाशित मिति : फाल्गुन १८, २०७७ मंगलबार

सार्वजनिक समारोहमै बिएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिने बताएपछि प्रधानमन्त्री केपी शर्मा ओलीको आलोचना भएको छ।

झापाको बिर्तामोडस्थित पूर्वान्चल क्यान्सर अस्पतालको मंगलबार उद्घाटन गर्दै उनले उक्त अस्पताललाई सम्बन्धन दिइने बताएका थिए। ‘बिएण्डसी शिक्षण अस्पताल बनाउने काम अगाडि बढिसक्यो, यो अस्पताल अब शिक्षण अस्पतालको रुपमा केहीसमयभित्रै अगाडि बढ्छ, हामीले प्रक्रिया अगाडि बढाइसक्यौं, यसको सम्बन्धन काठमाडौं विश्वविद्यालयले दिन्छ,’ उनले भनेका थिए।

तर स्वास्थ्य शिक्षाका अभियन्ताहरुले प्रधानमन्त्रीको यस भनाइको आलोचना गरेका छन्। लामो समयदेखि स्वास्थ्य शिक्षा सुधारका लागि अनसन बस्दै आएका डा गोविन्द केसीले प्रधानमन्त्रीले भन्दैमा केही नहुने भन्दै नियममा भएका कुरामात्र लागू हुने दाबी गरे। उनले आफू सुशासनका लागि लडिरहेको भन्दै ओलीको कुशासनविरुद्ध सधैं लडिरहने पनि बताए।

यस्तै, त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमा पनि चिकित्सा शिक्षा ऐनभन्दा बाहिर गएर केही गर्न नमिल्ने बताउँछन्। उनले भने, ‘ऐनअनुसार सबै कुरा मिलेको छ भने सम्बन्धन दिन मिल्छ, नभए मिल्दैन।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

यस्तै, नेपाली कांग्रेसले पनि बिएण्डसी कलेजलाई एमबिबिएसको सम्बन्धन दिने काठमाडौँ विश्वविद्यालयसभाको निर्णयमा सरकारले हस्तक्षेप गरेको भनी आपत्ति जनाएको छ। कांग्रेस केन्द्रीय शिक्षा विभागले मंगलबार विज्ञप्तिमार्फत् सरकार आफैंले बनाएको ऐन, नियम तथा विभिन्न समयमा गरेका सम्झौताविपरीत हस्तक्षेप भएको आरोप लगाएको छ।

प्रक्रिया मिचेर विश्वविद्यालयको स्वायत्ततामाथि हस्तक्षेप गर्दै राजनैतिक दबाब सिर्जना नगर्न विभागका सचिव डा कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा सरकारलाई सचेत गराइएको छ ।

गत बुधबार बालुवाटारमा बसेको काठमाडौं विश्वविद्यालयको सिनेटले उक्त कलेजलाई सम्बन्धन दिने निर्णय गरेको थियो।

बिएण्डसीले सम्बन्धनका लागि भन्दै फागुन २०७३ मा चिकित्सा आयोगमा निवेदन दिएको थियो। तर, आयोगले मनसायपत्र नवीकरण नभएको भन्दै त्योविना सम्बन्धन दिन नमिल्ने लिखित जवाफ दिएको थियो।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com