सयभन्दा धेरै भिडियोमा अभिनय गरेका दिक्पाल कार्की ६ बर्षपछि शिशिर राणाको चलचित्रमा अनुबन्ध


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

एकसयभन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेका कलाकार दिक्पाल कार्की ६ बर्षपछि पुन चलचित्रमा अनुबन्ध भएका छन् । विगतमा दुईवटा चलचित्रमा लिड रोलमा अभिनय गरेका कार्की नयाँ चलचित्रमा अनुबन्ध भएका हुन् ।

शिशिर राणाले निर्माण तथा निर्देशन गर्न लागेको नयाँ चलचित्रमा अनुबन्ध भएका कार्की मिस्टर मोडल अफ द वर्ल्ड २०१८ समेत हुन् । विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्राण्डहरुका लागि समेत अभिनय गरेका उनले विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय शोहरुमा मोडलिङ गरिसकेका छन् ।

दिक्पाल कार्की

आफ्नो जन्मदिनको अवशरमा नयाँ चलचित्रमा अनुबन्ध भएका कार्कीले भने – ‘लामो पर्खाइपछि राम्रो टिमसँग जोडिन पाएको छु । मेरो जन्मदिनको अवसर पारेर आफ्नो नयाँ चलचित्रमा अनुबन्धित गर्नु भएकोमा चलचित्र टिमप्रति हृदयदेखि नै आभार प्रकट गर्दछु ।

यसलाई आफूले बहुमुल्य उपहारको रुपमा स्वीकार्दै आफ्नो सम्पूर्ण मिहिनेत लगाएर काम गर्ने कार्कीले बताए । कार्कीले भने -‘मेरा दर्शक र शुभ चिन्तकहरुलाई मेरा हरेक सफलता र असफलतामा पनि साथ दिनुभएकोमा आभार प्राकट गर्दछु । र आगमी दिनमा यो साथ निरन्तर र विशाल हुँदै जानेमा आशावादी छु ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

आफू चलचित्रबाट केही टाढा भएको अवस्थामा समेत आफ्ना दर्शक र शुभचिन्तकहरुले चलचित्रमा आउनका लागि दिएको उत्साह नै चलचित्र क्षेत्रमा रोकिसकेका कदमहरु पुन सुचारु गर्ने प्रेरणा भएको उनले बताए । भविश्यमा चलचित्रबारे विस्तृत जानकारी दिने र आगामी चलचित्र ‘पोइ पर्‍यो काले’ को सिक्वेल रहेको उनले बताए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com