सूर्य चिन्ह हामीले नै पाउँछौं : प्रचण्ड


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको आधिकारिकता र सूर्य चिह्न आफूहरूले पाउने दावी गरेका छन्।

नेकपाको पेशागत महासंघ र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणालाई सोमबार काठमाडौंमा सम्बोधन गर्दै प्रचण्डले आफूहरुले नै सूर्य चिन्ह पाउने दाबी गरेका हुन्।

‘केही समयभित्रै निर्वाचन आयोगले हामीलाई नै आधिकारिकता दिन्छ, मैले त्यत्तिकै भनेको होइन बुझेर भनिरहेको छु,’ प्रचण्डले भने, ‘सेटिङ गरेर भनेको होइन संविधान र कानुनअनुसार भनिरहेको छु। दलको आधिकारिकता र सूर्य चिह्न हामीले पाइ नै सक्यौं केवल घोषणा हुन बाँकी छ।’

सूर्य चिह्न ओली पक्षतिर जान्छ भनेर भ्रममा नपर्न पनि उनले आग्रह गरे।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनिसकेपछि नैतिकताका आधारमा ओलीले तत्काल राजीनामा गर्नुपर्ने प्रचण्डले बताए।

‘सिंगै आफ्नो प्रस्ताव खारेज भइसकेपछि राजीनामा दिनुपर्दैन, आजभोलि त उहाँ झन् अचम्मको कुरा गर्नुहुन्छ, जितेजस्तो कुरा गर्नुहुन्छ,’ प्रचण्डले भने, ‘सर्वोच्चले हराइदिएपछि हामी झन् बलियो भयौं भन्नुहुन्छ। हारेपछि बलियो भइने। कस्तो सिद्धान्त प्रतिपादन गर्न खोजेको होला केपीजीले?’

पूरा देशले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने भनिरहे पनि अझै देखाइदिन्छु भनेर बोलेर हिँड्दै गरेको देख्दा अचम्म लागेको उनले बताए। ओली अब पार्टी सदस्य पनि नभएकाले संवैधानिक ढंगले एकछिन पनि प्रधानमन्त्री भएर बस्न लायक नभएको प्रचण्डले दाबी गरे।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com