सर्वोच्चको फैसलाले रोकेको हो प्रधानमन्त्रीलाई राजीनामा गर्नबाट?


प्रकाशित मिति : फाल्गुन १७, २०७७ सोमबार

सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले नै प्रधानमन्त्रीलाई राजीनामा गर्नबाट रोकेको दाबी गरेका छन्।

मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा मन्त्री गुरुङले सर्वोच्चको फैसला पढ्दै यस्तो बताएका हुन्।

‘अदालतको फैसलाले प्रधानमन्त्रीले संवैधानिक, नैतिकताका हिसाबले जिम्मेवारीबाट भाग्न पाइँदैन, राज्य सन्चालन गर्नु तपाईको दायित्व, जिम्मेवारी हो, संवैधानिक विषय हो भनेर भनेको छ,’ उनले भने, ‘अदालतले नै राजीनामा गर्नुहुँदैन भनेकाले प्रधानमन्त्रीले राजीनामा गर्नुहुन्न।’
उनले सर्वोच्चको फैसलाको पृष्ठ ९ मा यसो भनिएको उल्लेख गरे। गुरुङले प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा गर्नुपर्छ भन्नेहरुले राजनीतिक ढंगबाट सन्यास लिँदा राम्रो हुने टिप्पणी पनि गरे। ‘नैतिकताको पाठ सिकाउनेहरुले आफू कुन नैतिकताको धरातलमा उठेको छु भनेर एक पटक फर्केर हेर्नुपर्छ,’ उनले भने।

आइतबार राति हिमालय टेलिभिजनसँंगको अन्तर्वार्तामा पनि प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरे पनि आफूलाई राजीनामा दिन नभनेको बताएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले भनेका थिए, ‘म राजीनामा लेख्दिन, लेख्नुपर्ने अवस्था पनि होइन। त्यसो भएपछि मैले अरू पनि बाटा समाउन सक्छु। आफूलाई राजीनामाका निम्ति दवाब आइरहेको भए पनि आफू त्यसबाट नभाग्ने बरु अविश्वासको प्रस्ताव फेस गरेर निस्तेज पार्ने उनले बारम्बार दोहोर्‍याएका छन्।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com