राष्ट्रसंघले नेपाललाई अल्प विकशित देशको सुचीबाट स्तरोन्नत्ति गर्ने


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

राष्ट्रसंघले नेपाललाई अल्प विकशित देशको सुचीबाट स्तरोन्नत्ति गर्ने भएको छ । राष्ट्रसंघको विकाश नीति कमिटिले नेपाललाई अल्प विकाशित देश एलडीसीको सुचीबाट स्तरोन्नत्ति गर्ने सिफारिस गरेको हो ।

तर त्यसका लागि ५ बर्षको तयारी अवधि हुनेछ । अर्थात् नेपाललाई सन् २०२६ बाट अल्प विकशित देशको सुचीबाट हटाइने भएकोछ । कमिटिले फेबु्रअरी २२ देखि २६ सम्म तीनबर्षीय पुनरावलोकन गरेको थियो । नेपालले लगातार तीन समिक्षाको लागि स्तरोन्नत्तिको मापदण्ड पूरा गरेको थियो ।

राष्ट्रसंघको विकाश नीति कमिटिले स्तरोन्नत्तिका लागि आधार मान्ने तीनवटा सुचकांकहरुमध्ये प्रतिव्यक्ति कुल राष्ट्रिय आय, मानव सम्पत्ति सुचकांक र वातावरणीय तथा अर्थिक जोखिम सुचकांकहरुमा पछिल्ला दुईवटाका लागि नेपालले थ्रेस होल्ड पूरा गरेको थियो । त्यसपछि नेपाललाई अल्प विकशित देशको सुचीबाट हटाउने सिफारिस गरिएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कोरोना महामारीका कारण उत्पन्न चुनौती र नेपाल सरकारको अनुरोधका आधारमा नियमित तीनबर्षको तयारी अवधिलाई बढाएर ५ बर्ष बनाइएको संयुक्त राष्ट्रसंघका लागि नेपाली स्थायी नियोग न्युयोर्कले जनाएको छ । नेपालसँगै बंगालादेश र लाओलाई पनि सुचीबाट हटाउन सिफारिस भएको छ ।

सन् २०१५ यता नेपालले अल्प विकाशित देशको सुचीबाट स्तरोन्नत्तिका लागि पहिलोपटक मापदण्ड पूरा गरेको हो । नेपालमा सन् २०१५ मा गएको भूकम्प र त्यसपछिका विपत्तिहरुका कारण नेपालको अर्थव्यवस्थामा आएको धक्कालाई मध्यनजर गर्दै नेपाल सरकारको अनुरोध पछि सन् २०१८ को तीनबर्षीय समिक्षामा सुचीबाट हटाउने अवधि पछाडि सारिएको थियो ।

सीडीपीको सिफारिस नेपालको विकाशको यात्रामा समृद्ध नेपाली सुखी नेपालीको महत्वकांक्षातिर अगाडि बढ्न महत्वपूर्ण कोशेढुंगा रहेको नेपाली स्थायी नियोगको भनाई छ । अब यो सिफारिसलाई राष्ट्रसंघको आर्थिक तथा सामाजिक परिषद्ले स्वीकार गर्न जरुरी छ साथै यसै बर्षको अन्त्यतिर हुने महासभामा नोट हुन जरुरी छ ।

नेपालले सन् २०२६ सम्म भने अल्प विकशित देशहरुले पाउने सबै सुविधाहरुमा पहुच प्राप्त गर्नेछ । नेपाललाई अल्प विकशित देशका रुपमा प्राप्त गर्ने सुविधाहरु हटाइदा हुनसक्ने नोक्सानबाट बच्ने उपायहरु अपनाउन र सहजरुपमा स्तरोन्नत्तिका लागि तयारी गर्न ५ बर्षको समय दिइएको हो ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com