गृहले गर्‍यो ३६ जिल्लाका सिडिओको सरुवा


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी ५२ जनाको सरुवा गरेको छ । शुक्रबारको गृहमन्त्रीस्तरीय निर्णयले उनीहरुको सरुवा गरिएको मन्त्रालयले जनाएको छ। जसमध्ये विभिन्न ३६ जिल्लामा प्रमुख जिल्ला अधिकारी (सिडिओ) को सरुवा गरिएको छ। कतिपय जिल्लामा सहायक प्रजिअको सरुवा तथा पदस्थापन भएको छ।

मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार सिन्धुलीका प्रजिअ योगेन्द्रप्रसाद पाण्डेलाई पाल्पा, बाग्लुङ्का सुरेश न्यौपानेलाई सिन्धुली सरुवा गरिएको छ। गोरखाबाट तीर्थराज भट्टराईलाई महोत्तरीमा सिन्धुपाल्चोकबाट उमेशकुमार ढकाललाई सुनसरीमा पठाइएको छ भने सुनसरीका प्रजिअ फणिन्द्रमणि पोखरेललाई सप्तरी पठाइएको छ ।

कास्कीका ज्ञानप्रसाद ढकाललाई धादिङ, इलामका तुलसीराम सेढाईलाई उदयपुर, सल्यानका प्रजिअ हेमराज तामाङलाई अध्यागमन कार्यालय काठमाडौँ सरुवा गरिएको छ ।

उदयपुरका प्रजिअ चक्रपाणि पाण्डेलाई कपिलवस्तु पठाइएको छ। दैलेखका सन्तबहादुर सुनारलाई बर्दिया, चितवनका नारायणप्रसाद भट्टराईलाई सर्लाही र सर्लाहीका सुरेन्द्र पौडेललाई बारा पठाइएको छ भने बाराका प्रजिअ दीपकराज नेपाललाई स्याङ्जा सरुवा गरिएको छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

कपिलवस्तुका प्रजिअ दीर्घनारायण पौडेललाई दाङ र दाङका सहसचिव जयनारायण आचार्यलाई मन्त्रालयमा काज खटाइएको छ।

काभ्रेपलाञ्चोकका प्रजिअ लक्ष्मीदेवी होमागाईलाई सल्यान, मन्त्रालयका प्रेमलाल लामिछानेलाई प्रजिअको रुपमा चितवन र गृहकै वासुदेव घिमिरेलाई दोलखा पठाइएको छ ।

यस्तै बाँकेका प्रजिअ हरिबहादुर प्याकुरेललाई दैलेख, जिल्ला प्रशासन कार्यालय काठमाडौँका जीवनप्रसाद दुलाललाई नुवाकोटको प्रजिअमा खटाइएको छ । नुवाकोटका प्रजिअ झङ्कनाथ ढकाललाई अध्यागमन विभागको निर्देशकमा ल्याइएको छ। रुद्रबहादुर मल्ललाई धादिङबाट अछामको प्रजिअमा, गोरखाका देवी पाण्डेलाई पर्वतमा र पर्वतका प्रजिअ शम्भुप्रसाद रेग्मीलाई मन्त्रालयमा ल्याइएको छ। म्याग्दीका उमाकान्त अधिकारीलाई काठमाडौँको सहायक प्रजिअमा ल्याइएको छ । लहानबाट प्रेमप्रसाद देवकोटालाई जाजरकोटको प्रजिअमा पठाइएको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com