संसदमा अविश्वासको प्रस्ताव सामना गर्ने तयारीमा प्रधानमन्त्री


प्रकाशित मिति : फाल्गुन १४, २०७७ शुक्रबार

राजीनामाको दबाब बढिरहेका बेला प्रधानमन्त्री केपी ओली संसदमा अविश्वासको प्रस्तावको सामना गर्ने तयारीमा अगाडि बढेका छन्। त्यसैको तयारीस्वरुप उनले नेकपाको प्रमुख सचेतक रहेका प्रचण्ड–माधव पक्षका देव गुरुङलाई शुक्रबार बर्खास्त गरेर विशाल भट्टराई नियुक्त गरे।

दुवै पक्षबीच एक अर्का पक्षका सांसदलाई आफूतिर तान्ने प्रयास भइरहेका बेला ओली भने अविश्वासको प्रस्ताव पारित नहुनेमा ढुक्क भएजस्तै देखिएका छन्। शुक्रबार प्रदेश १ का सांसदसँग उनले अझै २ वर्षसम्म आफू नै प्रधानमन्त्री हुने भन्दै ढुक्क रहन आग्रह गरे।
‘अझै दुई वर्ष मैले नै सरकार चलाउने हो। स्थायी सरकार हो। बीचमै राजीनामा दिएर छोड्न मिल्दैन। राजीनामा दिने कल्पना नै नगर्नुस्,’ ओलीले भने ।

ओलीपक्षले आफ्नापक्षमा १ सय २० सांसद पुग्ने दाबी गरेको छ। शुक्रबार नै सांसद माया ज्ञवाली ओलीपक्षतिर लागेकी छन्। उता उपप्रधानमन्त्री एवं ओली समूहका सचिवालय सदस्य इश्वर पोखरेलले पनि प्रधानमन्त्रीले इश्वर पोखरेलले पनि प्रधानमन्त्रीले संसदमा डटेर सामना गर्ने बताएका छन्।

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसदमै सामना गर्ने बताउनुभयो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘प्रधानमन्त्रीले अविश्वासको सामना गर्नुहुन्छ,’ उनले भने, ‘नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ।’ उक्त कार्यक्रममा ऊर्जामन्त्री एवं नेकपा स्थायी कमिटी सदस्य टोपबहादुर रायमाझीले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम रहेको बताए।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com