प्रचण्ड-माधव समूहको निष्कर्ष : यथास्थितिमा ओली समूहसँग एकता गर्न सकिँदैन


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहले यथास्थितिमा ओली समूहसँग एकता गर्न नसकिने निष्कर्ष निकालेको छ। आत्मालोचनसहित रुपान्तरण नभएसम्म ओलीसमूहसँग एकता गर्न नसकिने निष्कर्ष समूहको छ।

पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको स्थायी कमिटीको बैठकले सबै नेता कार्यकर्तालाई आ–आफ्नो जिम्मेवारीमा फर्कन पनि आव्हान गरेको छ।

‘कतिपय साथीहरू भ्रममा परेर मूलपार्टी छोडेर फुटवादी र प्रतिगामी गुटमा लाग्नु भएको छ,’ बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘सबैलाई आ–आफ्नो जिम्मेवारी लिन आह्वान गर्ने बैठकले गरेको छ।’

प्रतिनिधिसभा विघटनको असंवैधानिक कदम चालेका प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा तत्काल राजीनामा दिनुपर्ने प्रवक्ता श्रेष्ठले बताए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

‘उहाँले चालेको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले बदर गरिदिएको छ,’ श्रेष्ठले भने,‘प्रधानमन्त्रीले नैतिकताका आधारमा राजीनामा दिनुपर्छ। राजीनमा नदिएको खण्डमा संविधानअनुसार अघि बढ्ने निर्णय बैठकले गरेको छ।’

सर्वोच्च अदालतको फैसलालाई ऐतिहासिक ठहर गर्दै बैठकले प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयपछि संविधान र लोकतन्त्रको रक्षासमेत भएको निष्कर्ष निकालेको छ। सो समूहले लोकतान्त्रिक शक्तिसँग सहकार्य गर्ने निर्णय पनि गरेको छ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com