पशुपतिमा जलहरी राखेपछि सर्वोच्चको अन्तरकालीन आदेश–छलफलको टुंगो नलागेसम्म नराख्नू


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार मध्यान्ह पशुपतिनाथ मन्दिर पुगिन्। उनी त्यहाँ पुग्नुको उद्धेश्य थियो–४ दिनदेखि भइरहेको क्षमापुजामा राष्ट्रप्रमुखका तर्फबाट गरिने संकल्प पुजा गर्नु। उनले पशुपतिमा आधा घण्टा बिताइन् पनि।

पशुपतिमा जलहरी राख्नका लागि ४ दिनदेखि भइरहेको क्षमापुजाको अन्तिम दिन बुधबार थियो। क्षमापुजाका क्रममा मंगलबार जलहारी राखिसकिएको छ।

पशुपतिमा जलहरी राख्न केही समयअघि प्रधानमन्त्री केपी ओलीले ३० करोड रुपैयाँ दिने घोषणा गरेका थिए। यसका लागि पशुपति क्षेत्र विकास कोषले ६५ करोड रुपैयाँ हालेको छ भने नपुग रकम दाताबाट जुटाउने कोषले जनाएको छ।

जलहरी राखेको भोलिपल्ट बुधबार सर्वोच्च अदालतले एउटा अन्तरकालीन आदेश जारी गर्‍यो, जसमा भनिएको छ–जलहरी नराख्नू।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

प्रदेशसभा सदस्य एवं पशुपति क्षेत्र विकास कोषका पूर्व कोषाध्यक्ष नरोत्तम वैद्य र अधिवक्ता नितीका ढुंगानाले दायर गरेको अलग–अलग रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश पुरुषोत्तम भण्डारीको एकल इजलासले तत्काल पशुपतिनाथ मन्दिरमा जलहरी लगाउने कार्य नगर्नु भनी अन्तरकालीन अन्तरिम आदेश जारी गरेको हो।

आदेशमा अन्तरिम आदेश दिने या नदिने विषयमा छलफल गर्न दुवै रिट निवेदक र सरकार दुवै पक्षलाई फागुन १७ गते छलफलका लागि बोलाइएको छ ।

सर्वोच्च अदालतले विपक्षीका नाममा सुनको नयाँ जलहरी राख्नुको लिखित कारण पनि सरकारसँग माग गरेको छ ।

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com