निर्धारित समयमै संसद बैठक बोलाउने ओलीपक्षीय स्थायी कमिटीको निर्णय


प्रकाशित मिति : फाल्गुन १२, २०७७ बुधबार

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओलीपक्षले सर्वोच्च अदालतको आदेशअनुसार निर्धारित समयमै प्रतिनिधिसभाको अधिवेशन आव्हान गर्ने निर्णय गरेको छ। प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलाको भोलिपल्ट बुधबार बसेको स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।

सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनःस्थापनाको फैसला गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश जारी गरेको छ।

बैठकले सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्ने निर्णय पनि गरेको छ। ‘अदालतको फैसला, त्यसको प्रभाव र कार्यान्वयनका पक्षमा केन्द्रित रहेर बैठका छलफल गरियो, नेकपा विधिको शासनमा विश्वास गर्ने पार्टी भएकाले हिजोको फैसलालाई कार्यान्वयन गर्ने निर्णय गरेका छौं,’ बैठकपछि सो समूहका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भने।

उनले फैसला सधैं अपेक्षित हुन्छन् र वाञ्छित परिणाम दिन्छन् भन्ने नभएको उल्लेख गर्दै भने, ‘मुलुकमा स्थिर सरकार, स्थायी नीति, बलियो राजनीतिक स्थिरतालाई अदालतको फैसलाले बल पु¥याउँछ या भोलि अस्थिरतातिर जान्छ भन्नेबारे पर्खिनुपर्ने स्थिति छ, त्यो नहोस्।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

स्थायी कमिटी बैठकले छिट्टै केन्द्रीय समिति र संसदीय दलको बैठक बोलाउने निर्णय गरेको छ। यस्तै, देशका विभिन्न ठाउँमा राखिएका कार्यक्रमलाई स्वरुप परिवर्तन गर्दै निरन्तरता दिने पनि ज्ञवालीले बताए।

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्छ ? भनी सोधिएको प्रश्नमा उनले तत्काल राजीनामा नदिने संकेत गरे। उनले भने, ‘अन्य दलहरुसँग छलफलमा छौं, मुलुकलाई अन्योलमा राख्नुहुँदैन भन्ने हाम्रो भनाइ हो, जे गर्दा देशलाई राम्रो हुन्छ, त्यो प्रधानमन्त्रीले गर्नुहुन्छ।’

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com