सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा फैसला गरेपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले खुसीयाली मनाएका छन्।
बुधबारको आमसभाका लागि चितवनमा पुगेका दाहाल र नेपालले एक अर्कालाई लड्डु खुवाएर खुसी साटेका थिए। उनीहरुले एक अर्कालाई लड्डु खुवाएको तस्बिर प्रचण्डकी छोरी रेनु दाहालले आफ्नो फेसबुकमा सेयर गरेकी थिइन्। बुधबार चितवनमा गर्न लागिएको जनसभालाई विजय सभामा परिणत गरिएको छ।
यसका साथै प्रचण्ड–माधव पक्षले काठमाडौंको माइतीघर मण्डला तथा रत्नपार्क शान्तिबाटिकामा मैनबत्ती बालेर विजयोत्सव मनाएका थिए।
के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?
अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।