काठमाडौंको सुरक्षा व्यवस्था कडा बनाइयो


प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार

प्रतिकात्मक तस्बिर

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गरेसँगै काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था कडा पारिएको छ।

काठमाडौंको सर्वोच्च अदालत क्षेत्र, माइतीघर मण्डला, न्यायाधीशका निवासवरपर सुरक्षा व्यवस्था कडा पारिएको छ। काठमाडौं उपत्यकालगायत देशैभर नेपाल प्रहरी हाईअलर्टमा रहेको छ।

‘सर्वोच्चको निर्णयपछि राजनीतिक तनाव सिर्जना हुनसक्ने भन्दै सुरक्षा व्यवस्था कडा पारिएको हो। सर्वोच्च अदालत परिसरदेखि न्यायाधीशहरूको निवाससम्म झडप हुनसक्ने ठाउँहरूलाई मध्यनजरमा राखेर प्रहरी परिचालित गरिएको छ।

केहीदिनअघि विराटनगरमा आयोजित सभामा प्रधानमन्त्री केपी ओलीले आफूहरुको विपक्षमा फैसला आए आन्दोलन गर्ने चेतावनी दिएका थिए।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com