प्रतिनिधिसभा पुनःस्थापनापछि के भने राजनीतिक दलका नेताहरुले?


प्रकाशित मिति : फाल्गुन ११, २०७७ मंगलबार

प्रतिनिधिसभा पुनःस्थापनाको पक्षमा सर्वोच्च अदालतले फैसला गरेपछि विभिन्न राजनीतिक दलका नेताहरुले ‘ऐतिहासिक फैसला’ भएको प्रतिक्रिया दिएका छन्। उनीहरुले फैसला नेपाली जनताको जित भएको पनि बताएका छन्।

शेरबहादुर देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको निर्णय स्वागयोग्य रहेको बताएका छन्। संसद विघटनका सन्दर्भमा सर्वोच्च अदालतले ऐतिहासिक फैसला गरेको समेत उनले जनाएका छन्। ‘सर्वोच्च अदालतको फैसला स्वागतयोग्य छ,’ सामाजिक सञ्जाल ट्विटरमा देउवाले लेखेका छन्,‘मैले सुरूदेखि नै संसद विघटनमा सर्वोच्चलाई स्वतन्त्र रुपमा फैसला गर्न सघाउनु पर्छ भन्दै आएको थिएँ। सोही अनुसार सर्वोच्च अदालतले स्वतन्त्र रुपमा संसद पुनःस्थापना गर्न ऐतिहासिक फैसला गरेको छ।’

माधव नेपाल
नेपाल कम्युनिष्ट पार्टीकाे प्रचण्ड–माधव पक्षका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतको ऐतिहासिक फैसलाले जनताको जीत भएको बताएका छन्। सम्मानित अदालतले प्रशंसनीय र ऐतिहासिक फैसला सुनाएर लोकतन्त्रको रक्षा गरेको भन्दै उनले सर्वोच्च अदालतप्रति आभार व्यक्त गरेका छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’
नेपाल कम्युनिष्ट पार्टीकाे  प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गरेका छन्। अदालतको फैसलाले नेपाली जनताको जित भएको उनको भनाइ छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

बाबुराम भट्टराई
केही दिनदेखि भारतमा उपचार गराइरहेका जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले प्रतिनिधिसभा पुनस्थापना गर्ने सर्वोच्च अदालतको फैसला सुन्दा आफूलाई रोग हराएझैं महसुस भएको बताएका छन्। सर्वोच्च अदालतले नेपाली भष्मासुरको वध गरेर लोकतन्त्रको रक्षा गरेको भट्टराईको बुझाइ छ।

रामचन्द्र पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सर्वोच्चको फैसलापछि सत्यको जित भएको बताएका छन्। ‘सत्यको जित भएको छ, न्यायालयले मुलुकलाई ठूलो दुर्घटना हुनबाट जोगाएको छ,’ पौडेलले भने,‘न्यायालयप्रति जनताको विश्वास बढेको छ।न्यायमूर्तिलाई विशेष धन्यवाद दिन चाहन्छु।’ सर्वोच्चको फैसलासँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेटपनि सत्तामा बस्ने अधिकार नरहेको उनले बताए।

विमलेन्द्र निधि
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रतिनिधिसभा विघटनका सम्बन्धमा सर्वोच्च अदालतले दिएको निर्णय सवैले स्वीकार गर्नुपर्ने प्रतिक्रिया दिएका छन्।
‘अदालतको निर्णय मान्य हुन्छ भनेर हामीले सुरुदेखि भन्दै आएका छौं,’ उनले भने,‘अदालतले पुनःस्थापनको निर्णय गरेको छ, सवैले स्वीकार गर्नुपर्छ।’

नारायणकाजी श्रेष्ठ
नेपाल कम्युनिस्ट पार्टीकाे प्रचण्ड–माधव समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेर सर्वोच्च अदालतले ऐतिहासिक जिम्मेवारी पूरा गरेको बताएका छन्। प्रवक्ता श्रेष्ठले सर्वोच्चले संविधान र लोकतन्त्रको रक्षा गर्ने काम गरेको बताए। राजनीति संकट गहिरिँदै र चर्कँदै देश अँध्यारो सुरुङ्गतर्फ गइरहेको बेला सर्वोच्चको यो फैसलाले संकट हल गरेको उनको भनाइ छ।

गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्चको फैसलाले संविधान ट्रयाकमा फर्किएको बताएका छन्। ‘अदालतको यो निर्णयसँगै अब कुनै पनि कार्यकारी प्रमुखले शक्तिको दुरुपयोग गरेर संविधान उल्लंघन गर्न सक्ने छैन,’ उनले भने, ‘ओलीमा रहेको सबै सेटिङमा चल्नसक्छ भन्ने भ्रम अदालतको निर्णयबाट तोडिएको छ।’ उनले अदालतको निर्णयले संविधान ट्रयाकमा आएर व्यवस्थाप्रतिको विश्वास पुनस्र्स्थापित भएको समेत बताए।

पम्फा भुसाल
नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहकी नेतृ पम्फा भुसालले प्रतिनिधिसभा पुनस्स्थापना गर्ने सर्वोच्चको फैसला एतिहासिक र न्यायपूर्ण भएको प्रतिक्रिया दिएकी छन्।‘सर्वोच्चले न्याय नै गर्छ भन्ने हामीले विश्वास गरेका थियौं त्यहीअनुसार भएको छ’ स्थायी कमिटी सदस्य पम्फा भुसालले भनिन् ‘आज सारा जनताको जित भएको छ। संविधानको जित भएको छ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com