यस्तो छ नेपालीका सन्दर्भमा अमेरिकाले स्वीकार गर्ने जन्मदर्ताको मापदण्ड


प्रकाशित मिति : असार २, २०८१ आईतबार

नेपालमा जन्मनेबित्तिकै जन्मदर्ता गराउने प्रचलन ब्यापक नरहेको सन्दर्भमा अमेरिकामा कतिपय अध्यागमन आवेदनहरुमा जन्मदर्ताको प्रमाणपत्र मागिने भएकाले नेपालीहरु अलमलमा पर्ने गरेका छन् । अमेरिकाको आप्रवासी भिसा आवेदन दिने बेलामा पनि जन्मदर्ता प्रमाणपत्र मागिन सक्छ ।

तर अमेरिकी सरकारको विदेश मन्त्रालयले ब्यूरो अफ कन्सुलर अफेयर्सले नेपालीका सन्दर्भमा कस्ता जन्मदर्ताका प्रमाण स्वीकार गर्ने भन्ने सन्दर्भमा विशेष मापदण्ड बनाएको छ ।

अमेरिकी सरकारले नेपालीहरुका जन्मदर्ताका रुपमा तीनप्रकारका कागजातहरु स्वीकार गर्छ । पहिलो जन्मदर्ता प्रमाणपत्र, दोश्रो सिफारिसपत्र र तेश्रो जन्म प्रमाणिकरण प्रमाणपत्र ।

सन् १९७३ भन्दा अगाडि जन्मिएकाहरुका सन्दर्भमा जन्मदर्ताको सिफारिसपत्र पनि अमेरिकी सरकारले स्वीकार गर्छ । सन् १९७३ भन्दा अगाडि जन्मिएकाहरुले वडा, गाउँपालिका वा नगरपालिकाबाट आफ्नो नागरिकताको प्रमाणपत्र देखाएर त्यस्तो सिफारिसपत्र प्राप्त गर्न सक्छन् ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यस्तै सन् १९७३ पछि जन्मिएकाहरुको सन्दर्भमा वडा कार्यालयबाट जन्मदर्ताको प्रमाणपत्र निकाल्न सकिने भन्दै अमेरिकी सरकारले जन्मदर्ताको प्रमाणपत्र माग्छ । अमेरिकी सरकारले नेपालीहरुका सन्दर्भमा टाइप गरिएका, हातले लेखिएका वा कतै हातले लेखिएका र कतै टाइप गरिएका प्रमाणपत्र पनि स्वीकार गर्छ ।

तर त्यस्ता प्रमाणपत्रमा जारी गर्ने कार्यालयको छाप हुनुपर्ने मापदण्ड रहेको छ । ७७ वटा जिल्लाका ४ प्रकारका कार्यालयहरुले जन्मदर्ता प्रमाणपत्र जारी गर्न सक्ने भएकाले फरकफरक शैलीका त्यस्ता कागजात अमेरिकाले स्वीकार गर्ने मापदण्ड बनाएको छ । कसैका प्रमाणपत्र अँग्रेजीमा, कसैका नेपालीमा र कसैका दुबै भाषामा हुने भएकाले अमेरिका ती सबै प्रकारका स्वीकार गर्छ । तर नेपालीमा भएका प्रमाणपत्र अनुवाद गरेर नोटरी गर्न आवश्यक हुन्छ ।

सामान्यतया यो शैलीको जन्मदर्तालाई मान्यता दिइन्छ ।

नेपालको कानूनले जन्मदर्ता अनिवार्य गरेपनि कैयन बुबाआमाहरुले आफ्ना छोराछोरीहरुको जन्मने बित्तिकै जन्मदर्ता गराएका हुँदैनन् । त्यसैले नेपालीका सन्दर्भमा जन्मेको लामो समयपछिको मितिमा जारी गरिएका जन्मदर्ता प्रमाणपत्र पनि स्वीकार्ने अमेरिकाको मापदण्ड रहेको छ ।

नेपालका अस्पतालले जारी गरेका जन्मका रेकर्डलाई अमेरिकाले आधिकारिक मान्दैन । तर अस्पतालको रेकर्ड देखाएर सरकारी कार्यालयबाट जन्मदर्ता प्रमाणपत्र निकाल्न सकिने र त्यस्ता प्रमाणलाईमात्र मान्यता दिने अमेरिकाको मापदण्ड रहेको छ ।

जन्मदर्ताका प्रमाणित कपीहरु उपलब्ध नहुने भएकाले अमेरिकी सरकारले नागरिकताको प्रमाणपत्रलाई समेत जन्मदर्ताको वैकल्पिक कागजातका रुपमा स्वीकार गर्छ ।

श्रोत : अमेरिकी सरकारको विदेश मन्त्रालय, ब्यूरो अफ कन्सुलर अफेयर्स

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com