‘विप्लव’ का नेता बाँस्तोला रिहालगत्तै पुनः पक्राउ


प्रकाशित मिति : फाल्गुन १०, २०७७ सोमबार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता धर्मेन्द्र बाँस्तोला रिहालगत्तै पुनः पक्राउ परेका छन्। सर्वोच्च अदालतको आदेशपछि रिहा भएलगत्तै उनी पक्राउ परेका थिए। उनलाई सर्वोच्च अदालतको गेटबाटै प्रहरीले पक्राउ गरेको थियो।

सोमबार अदालतका न्यायधीशहरु मीरा खड्का र सुष्मालता माथेमाको संयुक्त इजलासले बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो। बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वयले बाँस्तोलालाई थुनामा राख्नु न्यायिक दृष्टिकोणबाट उचित नदेखिएको भन्दै थुनामुक्त गर्न आदेश दिएको थियो।

यसअघि बाँस्तोलालाई काठमाडौं जिल्ला अदालत परिसरबाटै पक्राउ गरी सुनसरीमा थुनामा राखिएको थियो। उनलाई पाँचौपटक प्रहरीले पक्राउ गरेको हो।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com