अन्तर्राष्ट्रिय मातृभाषा दिवस: भाषामा पहुँच र संरक्षणलाई समर्थन गर्दै न्युयोर्क सिटी


प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

Mayor’s Office of Immigrant Affairs Commissioner Bitta Mostofi portrait at 253 Broadway on Wednesday, May 16, 2018. Michael Appleton/Mayoral Photography Office

– बिट्टा मोस्तोफी

न्युयोर्क अन्तिम आप्रवासी शहरको रूपमा किन खडा छ ? न्युयोर्क सिटी यति आकर्षक हुनुको एउटा सबैभन्दा ठुलो कारण यो सिटी संसारकै सबैभन्दा धेरै भाषिक विविधता भएको सिटी हो । पाँचवटा बोरोका न्युयोर्क सिटीका बासिन्दाहरूले स्पानिस, मन्डारिन र अरबीदेखि लिएर फुलनी, मिक्सटेको, किचुआ, गारीफुना र वोलोफ लगायत लगभग सबै महादेशका २ सय भन्दा बढी भाषाहरू बोल्छन्।

आज २१ फेब्रुअरी । अन्तर्राष्ट्रिय मातृभाषा दिवस, हामी विश्वभर र न्युयोर्क सिटीमा सबै भाषाहरूको महत्वपूर्ण भूमिकालाई सम्मान गर्दै मनाउँछौं । यो दिनले बंगाली कार्यकर्ताहरूमा उनीहरूको मातृभाषा बंगला बोल्ने अधिकारको रक्षा गर्ने प्रयासको स्मरण गराउँछ। भाषाहरू हाम्रो संस्कृति, इतिहास र पहिचानसँग अभिन्न ढंगले गाँसिएका छन् । एक समुदायको भाषाको अधिकारलाई रक्षा गर्नका लागि संघर्ष गर्नु सबै समुदायको अधिकार, सुरक्षा र अन्यौन्याश्रितताका लागि संघर्ष गर्नु हो ।

यद्यपि, आवास उपनिवेशवादद्वारा विस्थापित न्युयोर्क सिटीका आदिवासी समुदायहरूका भाषाहरू सहित सयौं भाषाहरू हाल लोप हुने जोखिममा छन्। हामीले आफ्ना समुदाय, अधिकारकर्मीहरु र स्थानीय सरकारहरूको समर्थनमा उनीहरूलाई जोगाउने प्रयास जारी राख्नुपर्छ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्क सिटीमा हामी आफ्नो शहरमा बोलिने थुप्रै भाषाहरूको महत्वपूर्ण मूल्यलाई मान्यता दिन्छौं । र उनीहरूको उत्थान, संरक्षण र संवर्धनका लागि प्रतिबद्धता जनाउँछौं । त्यसो गरेर हामीले हाम्रो शहर सबै पृष्ठभूमि र पहिचान सहितका न्युयोर्क सिटीवासीहरूका लागि सुरक्षित र स्वागत योग्य स्थान भएको संकेत दिन्छौं ।

न्युयोर्क सिटी मेयरको आप्रवासी मामिला कार्यालय (MOIA) ले भगिनी एजेन्सीहरूसँग भाषा पहुँचको लागि राष्ट्रको सब भन्दा कडा मापदण्ड मध्येको एक स्थानीय कानून ३० (Local Law 30) लागू गर्न काम गरेको छ। जस अन्तरगत सिटी एजेन्सीहरूले वितरण गरिएका कागजातहरु विभिन्न १० वटा भाषाहरुमा अनुवाद गर्ने लगायतका भाषा पहुँच सेवाहरू प्रदान गर्नुपर्छ । र भाषा पहुँच विस्तार जारी राख्न कार्यान्वयन योजनाहरू विकास गर्न आवश्यक हुन्छ ।

अन्य मापदण्डहरुमा सिटी एजेन्सीहरूले कम्तिमा एकसय भाषाहरूमा टेलिफोनिक अनुवाद प्रदान गर्नु पर्छ र निःशुल्क अनुवाद सेवा उपलब्ध रहेको जानकारी सहित बहुभाषामा संकेतहरु राख्नुपर्छ । यसका साथै जुनसुकै अध्यागमन स्टाटस भएका न्युयोर्क सिटीबासीलाई सिटीले प्रदान गर्ने निशुल्क परिचयपत्र आईडीएनवाईसी (IDNYC) मा समेत कार्डवाहकलाई कार्डमा उनीहरुले जान्ने दुईवटा भाषाहरू समावेश गर्न विकल्प प्रदान गरिएको हुन्छ ।

आफ्नो मूल देशका धेरै भाषाहरू बोल्ने न्युयोर्क सिटीवासीहरूका लागि यो कुरा महत्त्वपूर्ण छ। यसले अंग्रेजीबाहेक अन्य भाषाहरू बोल्नेहरूका लागि पहिचान र संरक्षणबारे गौरव प्रदान गर्छ।

कोभिड १९ महामारीको क्रममा हामीले अनुभव गरिसकेका छौं कि सबै न्युयोर्क सिटीवासीहरूसम्म महत्वपूर्ण जानकारी र स्रोतहरु बृहतरुपमा उपलब्ध गराउनका लागि यो भन्दा महत्वपूर्ण समय यसअगाडि कहिले पनि थिएन । हामीले आफ्नो वेबसाइटको पहुँचमा सुधार गरेका छौं र स्थानीय कानून ३० (Local Law 30) अनुशार १० वटाभन्दा बढी भाषाहरुमा जानकारी प्रकाशित गरेका छौं ।

मेयरको आप्रवासी मामिलासम्बन्धी कार्यालय (MOIA) ले कोभिड १९ महामारीको समयमा शहर सेवाहरूका लागि हाम्रो बहुभाषी गाईड जस्ता महत्वपूर्ण सामग्रीहरू पोर्तगाली, नेपाली र येहुदीजस्ता थप भाषाहरूमा अनुवाद गरेको छ ।

तपाईं यी गाईडहरू nyc.gov/immigrants/coronavirus बाट प्राप्त गर्न सक्नु हुन्छ।

कोभिड परीक्षण कार्यक्रमलाई मद्दत गरेजस्तै मेयरको आप्रवासी मामिलासम्बन्धी कार्यालय (MOIA) विशेष गरी कोरोना महामारीबाट सबैभन्दा धेरै प्रभावित समुदायमा पहुच र शिक्षा बढाउनका लागि तथा न्युयोर्क सिटीबासीहलाई उनीहरुले बोल्ने भाषामा पहुचका सन्दर्भमा रहेको असमानतालाई सम्बोधन गर्दै सबैका लागि खोप कार्यमा सहयोग पुऱ्याउन साझेदारहरुसँग काम गर्न प्रतिबद्ध छ । जसमा भर्चुअल कार्यक्रमहरुको अनुवादका लागि एजेन्सीहरूलाई सल्लाह दिने, उनीहरूका वेबसाइटहरूलाई अझ बढी सुलभ बनाउने र कोभिड १९ को रिकभरी योजनाका प्रयासहरूमार्फत भाषाको पहुँच एकीकृत गर्ने लगायत छन् ।

यसका साथै बढी समावेशी र आप्रवासीपरस्त संघीय नीतिका पक्षमा वकालत गर्दै आएको देशभरका झण्डै २ सय सिटीहरु र इलाकाहरुको गठबन्धनका रुपमा रहेको हाम्रो कार्य अग्रणी संस्था सिटिज फर एक्सन (C4A) मा भाषाको पहुचलाई प्राथमिकता दिएका छौं । गत महिना सिटिज फर एक्सन ऋद्धब् ले हाम्रा समुदायहरुलाई राम्रोसँग सहयोग गर्नका लागि बाइडेन प्रशासन र संसदले लागु गर्नुपर्ने कामको सिफारिसको सुची जारी गरेको थियो । सिफारिसको केन्द्रमा सरकारका सबै तहमा बहुभाषिक सुचना र सेवामा लगानी, समन्वय र लगानी बृद्धिको विषय समावेश थियो ।

बहुभाषिक न्युयोर्क सिटीबासीहरुका लागि लज्जाको विषय रहेको तथा अमेरिकी हुनुको सही अर्थ विपरित अऐतिहासिक, संकीर्ण दृष्टिमा जोड दिने गत चार वर्षको संघीय नीति र उपेक्षालाई उल्टाउन यो कदम अपरिहार्य रहेको छ ।

अन्तत, भाषाको पहुँच आप्रवासी समुदायको सफलता, सशक्तिकरण र सुरक्षाका लागि मात्र अत्वाश्यक नभई यो नागरिक अधिकार समेत रहेको कुरा हामीले बोध गरेका छौं ।

सिटिज फर एक्सन (C4A) का सिफारिसबारे थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

अन्तमा, भाषा पहुँचमाथिको वकालतका साथै मध्यवर्ती अंग्रेजी भाषा सिक्नेहरूका लागि निशुल्क अनलाइन सम्बाद कक्षा प्रदान गर्ने ‘हामी बोल्छौं एनवाईसी’  ( We Speak NYC) कार्यक्रममार्फत अंग्रेजी भाषा शिक्षामा समेत हाम्रो समर्थनको निरन्तरता छ ।

यस प्रयासको माध्यमबाट हामी भाषिक विविधतालाई महत्त्व दिन्छौं र आप्रवासी समुदायहरूलाई थप सहयोगका लागि द्विभाषी शिक्षाको सम्मान गर्छौं । न्युयोर्क सिटीबासीले उक्त कक्षाका लागि साइन अप गर्न सक्ने छन् ।

साइनअप गर्न र थप जानकारीका लागि यहाँ क्लीक गर्नुहोला ।

हामी यो अन्तर्राष्ट्रिय मातृभाषा दिवसमा भाषाहरूको महत्वपूर्ण मूल्यलाई मान्यता र सुरक्षा दिने क्रममा न्युयोर्क सिटीको दिगो प्रतिज्ञाको पनि कदर गर्दछौं । चाहे तपाईं जहाँ सुकैबाट आएको हुनुहोस्, चाहे तपाई जुनसुकै भाषा बोल्नुहोस्, न्युयोर्क सिटी तपाईको घर हो ।

(न्युयोर्क सिटी मेयरको आप्रवासी मामिलासम्बन्धी कार्यालय (MOIA) की कमिश्नर हुन् । यो लेख सुरुमा क्वीन्स क्रोनिकलमा मा प्रकाशित भएको थियो।)

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com