प्रदेश २ प्रमुखलाई किन स्वागत गरेनन् मुख्यमन्त्री राउतले?


प्रकाशित मिति : फाल्गुन ९, २०७७ आईतबार

प्रदेश २ प्रमुखको रुपमा नियुक्ति पाएर जनकपुर जाँदा २० कात्तिक २०७६ का दिन तिलक परियारले भव्य स्वागत पाए। सो दिन उनलाई उपप्रधानमन्त्री उपेन्द्र यादव, मुख्यमन्त्री लालबहादुर राउतसहित प्रदेशका मन्त्रीहरु पुगेका थिए।

तर १६ महिनापछि जनकपुर विमानस्थलको दृश्य भने फरक थियो। तिलक परियारलाई सरकारले बर्खास्त गरेसँगै प्रदेश प्रमुखको नियुक्ति पाएर कार्यभार सम्हाल्न जनकपुर पुगेका राजेश झालाई स्वागत गर्न न मुख्यमन्त्री पुगे, न प्रदेशको सत्ता सम्हालिरहेको जनता समाजवादी पार्टी। यसपटक झालाई नेकपाको ओली पक्षका केही कार्यकर्ताहरुले माला लगाएर स्वागत गरे। उनलाई मन्त्री सरोजसिंह कुशवाहाले स्वागत गरेका थिए।

२० कात्तिक २०७६ मा तत्कालीन प्रदेश प्रमुख तिलक परियारलाई स्वागत गर्दै जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादव र मुख्यमन्त्री लालबाबु राउत।

प्रदेश सरकारलाई सहयोग गरिरहेका परियारलाई एक्कासी केन्द्रले बर्खास्त गर्दा प्रदेश सरकार असन्तुष्ट त थियो नै, सँगै बारम्बार संघीयताविरोधी अभिव्यक्ति दिएका झालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएपछि असन्तुष्टि चर्किएको हो।

प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले त संघीयताविरोधी छवि बनाएका झालाई पठाएर प्रधानमन्त्री केपी ओलीले द्वन्द्व निम्त्याउने षडयन्त्र गरेको टिप्पणी गरेका छन्। संघीयता कमजोर गर्ने उद्देश्यका साथ झालाई प्रदेश २ को प्रमुखमा नियुक्त गरिएको उनको भनाइ छ। उनले झाको कार्यशैलीबाट मात्र प्रदेश सरकार सहयोग वा असहयोगको निर्णयमा पुग्ने बताएका छन्।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com