प्रतिनिभिसभा बिघटनबारेको बहस समाप्त, अब आन्तरिक परामर्शपछि फैसला


प्रकाशित मिति : फाल्गुन ७, २०७७ शुक्रबार

नेपालको सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनबारेको बहस समाप्त भएको छ । मुद्दाको सुनुवाइमा पक्ष, विपक्ष र एमिकस क्युरीको बहस सकिएकाले अब फैसलाको प्रतिक्षा गरिएको छ ।

प्रतिनिधिसभा विघटनको सिफारिसलाई चुनौती दिँदै दायर गरिएका रिट निवेदनहरूमा पक्ष, विपक्ष र बहस एमिकस क्युरीको लामो बहस भएको थियो ।

प्रधानन्यायाधीश नेतृत्वको संवैधानिक इजलासले फाल्गुन १० गते भित्र बहस नोट उपलब्ध गराउन पक्ष, विपक्ष र एमिकस क्युरीका तर्फबाट बहस गरेका कानुन व्यवसायीहरूलाई अनुरोध गरेका छन्।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले  न्यायाधीशहरूले फैसलाका लागि आन्तरिक परामर्श गर्ने सङ्केत गरेका छन्। अदालतको सहयोगी भनिने एमिकस क्युरीका तर्फबाट शुक्रवार बहस सकिएपछि अब फैसलामात्र बाँकी रहेको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पुस ५ गते प्रतिनिधिसभा विघटन गरिएपछि पुस ७ गते असंवैधानिक दावी गर्दै त्यसको बिरुद्ध नेकपाका प्रमुख सचेतक देव गुरुङसहितका सांसदहरु र अन्य विभिन्न व्यक्तिबाट १ दर्जन रिट निवेदनहरू सर्वोच्च अदालतमा दायर भएका थिए ।

ठिक २ महिनापछि संवैधानिक इजलासमा बहस सकिएको हो ।

प्रधानन्यायाधीश राणाको अध्यक्षतामा रहेको संवैधानिक इजलासमा विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजवहादुर केसी न्यायाधीश सदस्य छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com