‘रेणु, तिमी पटक्कै नआत्तिनु !’


प्रकाशित मिति : जेष्ठ ६, २०७४ शनिबार

-शारदा शर्मा

(दीनानाथ शर्माकी पुत्रीले प्रचण्डपुत्रीलाई लेखिन् खुलापत्र )

रेणु,
तिमी मैदानमा छौ । तिम्रो संघर्ष बलिदान र निरन्तरतालाई मेटाउनै नसकिने संबन्धसंग जोडेर अनेक प्रचार गरिएको छ। सोच तिमी अब पक्कै जित्ने छौ।र निरास नबन । हारे पनि यो तिम्रो जित हुनेछ।साच्चै समाज बिचित्रको छ । यहाँ सामाजिक न्यायको हिसाबले हैन आवेग ,आरिष र उत्तेजनामा बिरोध हुन्छ ।देखेर बुझेर जानेर भन्दा पनि सुनेको भरमा।हिजो बच्चै हुदा तिम्रो बाबुले गरेको संघर्षले तिमीहरुको परिवारमा कति बिचल्ली थियो त्य‍ो तिमी फिल गर्न सक्छ्यौ।जस्ले प्रत्येक्ष भोगेको हुन्छ उसलाई थाहा हुन्छ खास पीडा के हो ? यहाँ सुनेको भरमा भाषण गरिन्छ।देखेको भरमा कथा लेखिन्छ अनि प्रचार गरिन्छ ।म तिमीलाई हाम्रै उदाहरण दिन्छु।

खास राजनीति केहो ? बहस गर्दै जादा जनताको पक्षमा गरिने काम भनेर मेरै बुबाले दिएको उत्तर पनि मलाइ मन परेको थिएन।हाम्रा बा (दीनानाथ शर्मा) राजनीतिमा भएको कारण त्यतिबेला समाजमा हामीलाई कति सम्मान थियो या घृणा हामीले सजिलै महसुस गर्न सक्थ्यौं।घरको जिम्मेवार मान्छेले जनताको लागि काम गर्छु भनेर घर छोडेपछिको बिचल्ली आजको राजनीतिले त सायद महसुस गर्न पनि सक्दैन।किन भने आज परिवेश खुला छ।आजको लडाइ हिजोको भन्दा महत्वपुर्ण भएपनि आजको जस्तो सजिलो पक्कै थिएन।बा राजनीतिमा लागेकोले पनि हामीले धेरैथोरै राजनीति बुझ्यौं।

आफ्नो संगठनको मान्छे र पाटीको भन्दासाथ यति धेरै माया र पारिवारिक सम्बन्धहुन्यो त्यतिबेला सायद आज त्यो कथाजस्तो लाग्न सक्छ।बा भुमीगत भएपछि परिवारमा निश्चितरूपमा समस्या थियो।तर राजनीतिक रुपमा हामीपनि सिक्दै गयौ। जनताको काम गर्नु पर्छ भन्ने थियो।नबुझेरै पनि हामी राजनीतिमा भयौ।समस्या ,अप्ठ्यारो र संघर्षले जीवननै विश्वविद्यालय बन्न पुग्यो।पोखरा,तनहु,लमजुङ र गोर्खाको होलटाइमर बनेर बिद्यार्थीमा काम गर्दा सायद जीवनले जनताक‍लागि बलिदान मागेक‍ो अनुभुती हुन्थ्यो।रगत उम्लिन्थ्यो।तर समयसंगै हरेक कुरा चेन्ज भयो।संघर्षको कुरागरेर नथाक्ने पाटीले संघर्षको थालनी गर्न सकेन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यतिबेलै पनि नेताकी छोरी भएकोले केन्द्रमा पुगेको कुरा उठ्थ्यो।हामीले गर्ने कामको भन्दा पनि कहिल्यै मेटाउन नसकिने संबन्धलाई लिएर हामीमाथि पटक पटक प्रहार हुन्थ्यो।पछि हामीले पाटीनै परित्याग गरेर अर्को पाटीमा लाग्यौं।नेपालका कम्युनिस्टहरुको आन्तरिक रोग नै रहेछ यो त्यहाँ पनि हामीले यस्ताखाले प्रहार सामना गर्यौं ।र अन्तत कुनै पनि पाटीको सदस्य नरहने निर्णय गरी पत्रकारिता सुरु गर्यौं।त्यहाँ पनि कस्तो पर्यो भने पत्रिका निकालिन्थ्यो।मेरो श्रीमान पत्रिकाको सम्पादक उहाँ लेख्ने, म पनि लेख्ने ,बा का लेखहरु पनि कहिलेकाही छापिने । अरु नभएर मेरो ठूलो भाइको समेत कलम चल्ने ।त्यहाँ पनि संबन्धलाई निकै उचालियो।

हामीले मिलाएका अक्षरहरु पढेर आनन्द लिनेहरु हाम्रा संबन्धलाई लिएर फेरि आक्रमणमा उत्रिए।मानिसहरु काम र कामको नेचरलाई भन्दा संबेदनशिल हुने संबन्धलाई प्रहार गरेर राजनीति गर्ने गर्छन।सीप र क्षमता हुनेहरुलाई न संबन्धले उचाल्न सक्छ न पछार्न त्यसैले कमजोरहरु संबधलाई लिएर आफ्नो बहस सुरु गर्छन।जब हामीले टेलिभिजन सुरु गर्यौं, झनै आक्रमण चौतर्फी बढ्यो।यहाँ स्वतन्त्रको कुरा गरेर नथाक्नेहरु आफ्नो कमजोरी ढाकछोप गर्न फेरि हाम्रो कामसंग कुनै साइनो नभएको संबन्धलाई उचालेर आफ्नो महानताको प्रचार गर्न थाले ।हामी थाकेनौ ।

हो हामी परिवर्तन मुखी पक्कै थियौ।संघिय गणतान्त्रिक समाजको कल्पना गर्दै नयाँ संविधान स्थापना गर्न हामी लागेकै हो।हाम्रा सोच र हाम्रा मान्यताहरु कुनै पाटीसंग मिले होलान् हामीले ब्यक्त गर्ने बिचारहरु कसैसंग नजिक भएहोलान् । त्यसैले पनि आत्तिएर हामीलाई फेरि प्रचारवालाहरुलेनै कित्ता छुट्टाइदिए हामी डगमगाएनौ न डगमगाउनेनै छौ ।साइनो बिनाको परिवेसलाई संबन्धसंग गासेर हेरिने समाजमा तिमी त यौटै बयलगाढामा सबार छौ।त्यसैले संयमित हुनै पर्छ।

आजको नेचर यस्तैछ रेणु । तिमी आत्तिनु पर्दैन ।यहाँ तिम्रो काम तिम्रो योगदानलाई भन्दा तिम्रो संबन्धलार्इनै उचालिन्छ।यदि राजनीति गर्ने हो भने बिचलित पक्कै नबन्नु।यहाँ अरुसंगको संबन्ध संग आत्तिएर आफ्नैमा कचहरी लगाउनेहरु धेरै छन्।त्यसैले काम गर्नेहरु डराउनु पर्दैन। प्रत्यक्ष जनतासँग हुँदा पनि नेताका छोराछोरी बिदेशमा भन्नेहरु छन् यहाँ ।तिमी त मैदानमा छौ। चुनौती बोकेर मैदानमा उत्रिने खेलाडीलाई कतिले समर्थन गर्छन कतिले बिरोध ।

आज तिमीमाथि देखिएका यी तमाम दृश्यहरुलाई संभाबनाका खुला ढोका सम्झेर निरन्तर जनताको काममा लाग्नु।आफ्नो उदाहरण दिएर तिमीलाइ सुझाव दिइरहदा हामीमाथि पनि संबन्धलाई लिएर आजपनि प्रश्नबाचक चिन्ह खडा भएको छ।समाज परिवर्तनको लागि हिडेका सिपाहीहरु सिस्ने पहाडमा हुन् या ओझेलपरेको मैदानमा । भन्नेहरुले भनिरहन्छन लागिरहनु पर्छ । हरेक कुरा हाम्रो काम र ब्यबहारले प्रष्ट हुँदै जानेछ। त्यसैले तिमी पटक्कै नआत्तिनु।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com