भागरथी भट्टको बलात्कारपछि हत्याका अभियुक्त आज सार्वजनिक गरिदै


प्रकाशित मिति : फाल्गुन ५, २०७७ बुधबार

भागरथी भट्टको बलात्कारपछि हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । प्रहरी स्रोतका अनुसार पक्राउ पर्नेमा बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीया किशोरी भट्टकै विद्यालयमा अध्ययनरत दिनेश भट्ट नाम गरेका एक छात्र रहेका छन् । प्रहरीसमक्ष विद्यालयबाट फर्कंदा भागरथीको बलात्कार र हत्या गरेको उनले स्वीकार गरेको बताइएको छ । भागरथीका छिमेकीसमेत रहेका ती छात्रलाई आज सार्वजनिक गरिने प्रहरीले बताएको छ ।

माघ २१ गते (बुधबार) घरबाट विद्यालय गएकी किशोरी भट्ट साँझ घर नफर्केपछि खोजी गर्दै जाँदा भोलीपल्ट साँझ ५ बजेतिर बलात्कारपछि हत्या भएको अवस्थामा शव नजिकैको लबलेक जङ्गलमा फेला परेको थियो । त्यसपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक डीआईजी उत्तमकुमार सुवेदी नै घटनास्थल पुगेर अनुसन्धान गरेका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com