यो साता बेरोजगारी विमाको रकम आउन एकदिन ढिलो हुने


प्रकाशित मिति : फाल्गुन ३, २०७७ सोमबार

आज प्रेसिडेण्ट डे का कारण बैंकहरु बन्द भएकाले आज बैंक खातामा प्राप्त हुने  बेरोजगारी विमाको रकम भोलिमात्र प्राप्त हुने भएको छ । खासगरी आइतबार वा सोमबार प्रमाणिकरण गरेकाहरुले सोमबार राती उक्त रकम प्राप्त गर्दै आएकोमा एकदिन ढिलो हुने भएको छ ।

रकम प्राप्त हुनमा एकदिन ढिलो हुँदा डिपार्टमेन्ट अफ लेबरमा फोन सम्पर्क नगर्न सुझाव दिइएको छ । प्रमाणिकरण गरेको एक वा दुईदिन पछि रकम प्राप्त हुने दिनबारे अनलाइन एकाउन्टमार्फत जानकारी प्राप्त गर्न सकिनेछ ।

नयाँ बर्ष, मेमोरियल डे, मार्टिन लुथर किङ डे, प्रेसिडेण्ट डे, इन्डिपेण्डेण्स डे, लेबर डे, कोलम्बस डे, भ्रेटान्स डे, थ्यांक्सगिभिङ डे र क्रिसमस डे जस्ता विदाका दिनमा बेरोजगारी विमाको रकम पाउन एकदिन ढिलो हुनसक्नेछ । बेरोजगारी विमाका अतिरिक्त मार्च मध्यसम्म अमेरिकी सरकारले साप्ताहिक ३ सय डलरसमेत प्रदान गर्दै आएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

मार्च मध्यपछि कैयन सुविधाको अवधि समाप्त हुने भएकाले त्यतीबेलासम्म नयाँ राहत प्याकेज पारित गर्ने सांसदहरुको तयारी छ । नयाँ राहत प्याकेजमा पनि बेरोजगारी विमाका अतिरिक्त रकम र १४ सय डलरको राहत चेक समेटिनेछ ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com