माटो निकालेर फेवातालको आयु लम्ब्याइने


प्रकाशित मिति : फाल्गुन २, २०७७ आईतबार

b[Zo s}b ub}{ ko{6s kf]v/f, @ kmfu’gM km]jftfndf kfgL ;tx 36]kl5sf] b[Zo s}b ub}{ ko{6s . t:jL/M hd’gfjif{ zdf{, /f;;

पोखराको फेवातालको बाँध ४२ वर्षपछि मर्मतसम्भार हुँदैछ। यसका लागि जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले तालको पानीको सतह घटाएको छ। पानीको सतह घटेपछि फेवाताल किनारमा थुप्रिएको माटोलाई यही समयमा निकालेर तालको आयु बढाउनुपर्ने विषय  सम्पदा संरक्षणकर्मी, स्थानीय एवं पर्यटन व्यवसायीको चासो र चर्चामा छ ।

तालको सिरान क्षेत्रबाट बगेर आएको ढुङ्गा माटो (ग्रेगान)कारण तालको आयु घट्दै गएको जनाउँदै यसअघि पनि समयसमयमा माटो निकाल्नुपर्छ भन्ने विषयमा कुरा उठ्दै आइरहेको थियो। सम्पदा संरक्षण अधिकारकर्मी रामबहादुर पौडेलले तालको पानी घटाइएकाले थुप्रिएका माटो निकाल्न उपयुक्त समय भएको बताउँछन्। “फेवाताल पोखराको गहना हो, तालको आयुलाई बढाउन यसरी थुप्रिएको माटोलाई समयमै निकालेर फाल्नुपर्छ”, उनले भने ।

उनले यस विषयसम्बन्धी निकायको ध्यानाकषर्ण गरेर नागरिकस्तरबाट पनि माटो फाल्नका लागि पहल गरिने उनले जानकारी दिए। पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पनि तालको सौन्दर्यअभिवृद्धि लागि अहिले तालमा बगेर आएको माटोलाई फाल्नुपर्ने धारणा राख्छन्। “अहिले सही समय हो जनस्तरबाट पनि माटो फाल्नुपर्छ भन्ने कुरा आएको छ, हामी पनि त्यस कुरामा साथ दिन तयार छौँ”, उनले भने। उनले अहिले फेवाताल वरिपरि रहेको फोहर मैला व्यवस्थापन गर्ने, फेवातालभित्र रहेको मलिलो माटो झिकेर सही सदुपयोग गर्ने र ताललाई फराकिलो बनाएर थप सौन्दर्यकरण गर्न पोखरा महानगरपालिकालाई समन्वयनका लागि आग्रहसमेत गरिएको बताए ।

पोखरा महानगपालिका प्रमुख मानबहादुर जिसीले फेवातालको माटो निकाल्ने विषयमा विज्ञको रायसुझाव लिएर मात्र निर्णय गरिने जानकारी दिए। “अहिले बाँध निर्माणका लागि फेवातालको पानी घटाइएको छ, सिरानबाट आएका ग्रेगानले तालको लगभग नौ मिटर पुरिसकेको अवस्था रहेकाले यसलाई निकै चासोका रुपमा महानगरले लिएको छ”, उनले भने ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

उनले तालको माटोलाई कसरी निकाल्न सकिन्छ र कहाँ व्यवस्थापन गर्न सकिन्छ भन्ने बारे पहिला सरोकारवाला विज्ञसँग परामर्श गरेर अघि बढ्ने बताए। “फेवातालले लामो समयदेखि आफ्नो आकार बनाएको छ, माटो फाल्दा ताल सुक्ने पो हो कि ? माटो अध्ययन नगरी डोजर लगाउन भएन, माटो फाल्दा पोखरी सुकेका धेरै उदाहरण छ”, उनले थपे, “यो बेलामा माटो झिक्न कति बजेट लाग्छ, कहाँ व्यवस्थापन गर्ने, सबै अध्ययन र योजना बनाएर मात्र काम थालनी हुन्छ।” बाँध बनाउन डेढ दुई महिना लाग्ने भएकाले तत्काल फालिहाल्नु पर्छ भनेर दबाबले मात्र नभई ग्रेगान निकाल्दा जलचर र ताललाई कम असर हुने उपायको खोजीबाट अघि बढ्ने उनले जानकारी दिए। तालको आयु दिनप्रति घटिरहेको अवस्थामा तालको आयु बढाउन सरोकारवालासँग छलफल गरिने उनको भनाइ छ ।

ताल संरक्षण तथा प्राधिकरणका प्रमुख अनुप गुरुङले तालको फोहर व्यवस्थापन र तालमा थुप्रिएको माटो निकाल्न अहिले उपयुक्त समय रहेको बताए। “अहिले सही समय देखिएको छ, यसबारेमा महानगरले विज्ञको राय सल्लाह लिएर अघि बढ्दा राम्रो हुन्छ। महानगसँग समन्वय गरेर सुकिसकेको माटो निकाल्न मिल्छ”, उनले भने। महानगरबाटै यसको अगुवाइ गर्नुपर्ने उनको भनाइ छ ।

वन विज्ञान अध्ययन संस्थानका पोखराका प्राध्यापक राजन सुवेदी यतिबेला ताल छेउमा देखिएका फोहर र थुप्रिएको माटो निकाल्न सहज हुने बताउँछन्। उनले पानीको सतह घटाउँदा जलचरलाई एक किसिमको असर परिसकेको र अब माटो निकाल्दा कम क्षति हुने तरिकाबाट निकाल्न सकिने बताए। “अहिले नै जलचरलाई असर त परिसकेको छ ,अब वरिपरिको फोहर व्यवस्थापन र माटो निकाल्दा कम क्षति हुने गरेर सफा गर्न सकिन्छ”, जलाधार विज्ञ उनले भने। उनले थुप्रिएको माटोको गहिराइसम्म नभई केही माथिबाट माटो निकाल्दा धेरै असर नपर्ने बताउए। “क्ले सोइल भयो भन पानी रहन्छ नत्र बलौटे माटोले पानी सोस्छ, फेवातालको भू–बनोट हेर्दा धेरै पहिले देखिको माटो थिग्रिएको छ अहिले दुई/चार मिटर मात्रै निकाल्न सके पनि तालको आयु बढाउन सकिन्छ ।” उनले भने ।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बाले भावनामा बगेरभन्दा पनि तथ्यको विश्लेषण गरेर काम गर्नुपर्ने बताउँछन्। “सिमसार र तालको एकल अधिकार सङ्घलाई छ, प्रदेशको गहनाका रुपमा रहेको तालको सौन्दर्यअभिवृद्धिका विषयमा धेरै कुरा उठेका छन् । हामीले हाम्रो क्षेत्राधिकारभित्रको सिमाङ्कनका विषयलाई तीव्ररुपमा काम गरेका छौँ यसै वर्ष यो टुङ्गो लाग्छ, अब यसको संरक्षण व्यवस्थापन स्थानीय तहको हो, समन्वय गरेरर ठोस धारणासहित अघि बढ्न सकिन्छ”, उनले भने। उनले प्राकृतिक सम्पदाको संरक्षण र सौन्दर्यीकरणका लागि विज्ञको राय सुझाव र दीर्घकालीन हितका लागि काम गर्नुपर्ने भएकाले लहडको भरमा नभई विज्ञको सल्लाह लिएर अघि बढ्नुपर्ने बताए ।

विसं २०१८ मा बाँँधिएको ताल फुटेपछि  पुनः २०३५ सालमा नयाँ बाँध बाँधिएको थियो । शुरुको ४६ फिट अग्लो बाँध भारतीय सहयोग मिसनले र पछि संयुक्त राष्ट्रसङ्घको सहयोगमा पुनःनिमाण गरिएको थियो । त्यसयता लामो समयसम्म बाँध मर्मतसम्भार हुन नसक्दा जीर्ण हुँदै गएको थियो । उक्त बाँधमा अहिले रबर शिल्ड र लञ्चिङ एप्रोन राखेर मर्मत कार्य हुँदैछ । बाँध मर्मतका लागि हाल पानीको सतह एक मिटरको घटाइएको छ, प्राविधिकको सल्लाहअनुसार आवश्यकता हेरेर पानीको सतह घटाउँदै लगिने जनाइएको छ ।
जलाधार क्षेत्रबाट वर्षेनी बगेर आउने गेग्रानले गर्दा फेवाताल पुरिँदै गएको निष्कर्षसहित फेवाताल संरक्षण अभियानअन्तर्गत पोखरा महानगरपालिका वडा नं २३ खहरे खोलामा सिल्टेसन ड्याम निर्माण गरिएको छ । प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र पोखरा महानगरले पाँच ठाउँमा बाँध र पोखरीका २८ करोड ९६ लाख रुपैयाँमा निर्माण कम्पनीसँग सम्झौता भई काम भएको हो ।  महानगरपालिकाले २०७७ सालमा प्रधानमन्त्रीलाई बुझाएको पछिल्लो प्रतिवेदनमा फेवातालको क्षेत्रफल (५.०८ वर्गकिलोमिटर) १० हजार  रोपनी छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com