भेटिएनन् टेक्सासमा ८० जना ट्रकभित्र कोचिएको र स्वास फेर्न नसकेको भन्दै प्रहरीलाई फोन गर्नेहरु


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

टेक्सासमा ८० जना ट्रकभित्र कोचिएको र स्वास फेर्न नसकेको भन्दै प्रहरीलाई फोन गर्नेहरु अझै नभेटिएको जनाइएको छ । सोमबार ९११ मा आएको एउटा फोनमा आफूहरु झण्डै ८० जनालाई एउटा ट्रकभित्र कोचेर राखिएको र स्वास फेर्न अक्सिजन नभएको बताइएको थियो ।

स्पानिस भाषामा पुरुषले गरेको उक्त फोनकलका क्रममा पृष्ठभूमिमा केही व्यक्तिले गुहार मागेको र भगवानसँग प्राथना गरेको आवाज समेत सुनिएको थियो । स्वास फेर्न कठिन भएको जस्तो पृष्ठभूमिमा आवाज आएको समेत जनाइएको छ । अरु केही व्यक्ति चिच्याउँदै स्पानिस भाषामा सहयोग मागिरहेको आवाज आएको थियो ।

उक्त फोन सोमबार आएपनि प्रहरीले अहिलेसम्म कसैलाई फेला पार्न र उद्दार गर्न सकेको छैन । इमिग्रेशन एण्ड कस्टम इन्फोर्समेन्ट आइसले सम्भावित मानव तस्करीको घटनाबारे अनुुसन्धान गरिरहेको जनाएको छ । टेक्सासमा खोजी कार्य बढाइएपनि अहिलेसम्म केही भेटिएको छैन ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अधिकारीहरुले ट्यांक ट्रकको खोजीका लागि सर्वसाधारणहरुको सहयोग मागेका छन् । उक्त ट्रकभित्र कोचिएका केही व्यक्तिको मृत्यु भइसकेको हुनसक्ने रिपोर्ट टेलिमुण्डोले प्रकाशित गरेको छ ।

सान एन्टोनियो समेत कार्यक्षेत्र रहेका बेक्सर काउन्टीका प्रहरी अधिकारी हाभियर सालाजारले आफू ट्रकमा भएका व्यक्तिलाई पक्राउ गर्न उत्सुक नरहेको बरु उनीहरु सकुशल भए नभएकोबारे चिन्तित भएको बताएका छन् ।

मेक्सिकोबाट गैरकानूनी रुपमा अमेरिका छिर्न खोज्दा सिमाक्षेत्रमा पक्राउ पर्नेहरुको संख्या बृद्धि भइरहँदा यो समाचार आएको हो । जनवरीमा मात्र झण्डै ७८ हजार सिमाक्षेत्रमा पक्राउ परेका थिए । जुन गतमहिनाको तुलनामा ६ प्रतिशतले बृद्धि हो ।

 

 

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com