झाँक्रीलाई पक्रन गलत कानून प्रयोग भएको कानूनविदको भनाई, के छ दफा ५८ मा ?


प्रकाशित मिति : माघ २९, २०७७ बिहीबार

नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड नेपाल समूहकी नेता रामकुमारी झाँक्रीलाई बिहिबार पक्राउ गरियो ।

राष्ट्रपतिको बारेमा अपमानजक शब्द बोलेको भन्दै झाँक्री राज्यविरूद्धको कसूर गरेको आरोपमा पक्राउ गरिएको थियो । प्रहरीले मुलुकी अपराध संहिताको दफा ५८ अनुसार राज्यविरूद्धको कसूर गरेको अभियोगमा पक्राउ गरेको थियो ।

उक्त दफाको १ नम्बरमा भनिएको छ – ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानून बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन ।’

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

साथै उक्त दफाको दुई नम्बरमा भनिएको छ – ‘उपदफा १ बमोजिमको कसूर गर्ने वा गराउने व्यक्तिलाई सात बर्षसम्म कैद वा सत्तरी हजार रुपैयाँसम्म जरिवाना वा दुबै सजाय हुनेछ ।’

कानुनविदहरुले गलत कानुन प्रयोग गरेर झाँक्रीलाई पक्राउ गरिएको बताएका छन् । उनले भनेको यो कुराले राज्यविरूद्धको कसुरको दफा ५८ आकर्षित नहुने कानुन व्यवसायी टीकाराम भट्टराईको भनाई छ । त्यस्तै संविधानविद् भीमार्जुन आचार्यले झाँक्रीको अभिव्यक्तिमा कुनै व्यक्तिगत लाञ्छना भए त्यसमा गाली बेइज्जतीसम्बन्धी कानुन आकर्षित हुने बताए ।

बोलेकै भरमा कुनै नागरिकमाथि राज्यविरूद्धको कसुर लगाउने हो भने अहिलेको प्रधानमन्त्रीको कदमविरूद्ध बोल्नै लाखौं मानिस जेल जाने आचार्यले बताए।

अखिल नेपाल महिला संघको उजुरीका आधारमा उनलाई सोधपुछका लागि पक्राउ गरिएको श्रीमानको जिम्मा लगाएर छाडिएको प्रहरीले जनाएको छ ।

झाँक्रीलाई के के विषयमा सोधपुछ गरिएको थियो? हेर्नुहोस् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com