‘राष्ट्रपति संस्था हो, त्यसविरुद्ध बोल्न पाइन्छ’ : नेतृ रामकुमारी झाँक्री


प्रकाशित मिति : माघ २८, २०७७ बुधबार

नेपाल कम्युनिस्ट पार्टीकी नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी ‘सन्काहा प्रधानमन्त्रीको प्यादा’ भएको आरोप लगाएकी छन् ।

दाहाल नेपाल समूहले काठमाडौँमा गरेको विरोध सभालाई सम्बोधन गर्दै नेतृ झाँक्रीले भनिन् “कसले भन्यो बोल्न पाइँदैन ? सन्काहा प्रधानमन्त्रीको निर्णयमा सहयोगीजस्तो बनेर सहीछाप गर्ने प्यादाकाविरुद्ध बोल्न पाइन्छ, एउटा कोठाको सहयोगीजस्तै मन्त्रिपरिषद्का निर्णयलाई राष्ट्रपतिजस्तो सम्माननीय पद र शीरमाथिको संस्थाले सहीछाप गर्ने अनि हामीलाई बोल्न पाइँदैन भन्ने?”

एकैरातमा सन्की प्रधानमन्त्रीको प्यादा बन्नेका विरुद्ध बोल्न पाइने उनले बताइन् । “राष्ट्रपति संस्थामा कोही निर्वाचित भएर गएर निरंकुशता लाद्छ भने त्यसविरुद्ध बोल्न पाइन्छ। कसले भन्छ बोल्न पाइन्न ? संविधान र लोकतन्त्रविरुद्ध भएको सेटिङविरुद्ध बोल्न पाइन्छ ।”

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

राष्ट्रपति र प्रधानमन्त्री देशको खलपात्र रहेको भन्दै उनले पदको कुनै लिंग नहुने र राष्ट्रपति व्यक्ति नभएर संस्था भएको बताइन् । यसअघि झाँक्रीले गाेरखामा भएकाे एक कार्यक्रममा राष्ट्रपतिबारे गरेकाे टिप्पणीकाे आलाेचना भएकाे थियाे ।

उनले प्रधानमन्त्री केपी शर्मा ओली कागजी बादशाह भएको टिप्पणी गरिन् । केपी ओली कागजी बादशाह भएको उनी ढलिसकेको र अब अन्तिम घोषणा मात्र हुन बाँकी रहेको उनको टिप्पणी छ ।

सम्बोधनको शुरुमै मुखमा टाँसेको टेप बाँधेर शुरु गरेकी उनले भनिन् – “नागरिकको मुखमा टेप टाँसिएको छैन । संविधानको चिरहरण गर्नविरुद्ध बोल्न पाइन्छ । सेटिङ र अध्याँरा कोठामा भएका षड्यन्त्रविरुद्ध बोल्न पाइन्छ ।”

उनले भनिन् -‘कमरेड माधव नेपाल, कमरेड प्रचण्ड अब खड्कप्रसाद ओलीप्रबृत्ति कहिले नदोहोरिने व्यवस्थाको सुनिश्चितताका लागि यही मञ्चबाट घोषणा गर्नुस् । न कि एउटा पात्रको विरोध ।’

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com