उडान रद्द गर्ने बाइडेन प्रशासनको आदेश विपरित २२ बालबालिकासहित ७२ देशनिकाला


प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार

डिपार्टमेन्ट अफ होमल्याण्ड सेक्युरिटीमा अलेहान्द्रो मेयरकास सेक्रेटरीमा नियुक्त भएलगत्तै आइसले तय गरेका देशनिकालाका उडानहरु रद्द गर्न निर्देशन दिएका थिए । तर उक्त निर्देशनको बाबजुत पनि सोमबार आइसले अमेरिकाबाट २२ जना बालबालिकाहरुसहित ७२ जनालाई देशनिकाला गरेको छ ।

सोमबार आइसले दुईवटा चार्टड विमानहरु हैटी पठाएको र त्यसमा २२ जना बालबालिबाहरुसहित ७२ जना रहेको रिपोर्ट गार्डियनले प्रकाशित गरेको छ । देशनिकाला हुनेमा २ महिनाको बच्चा समेत रहेको जनाइएको छ । टेक्सासको लारेडोबाट आप्रवासीहरुलाई लिएर आइसले चार्टड गरेको विमान हैटी प्रस्थान गरेको हो ।

बाइडेन प्रशासनले राष्ट्रिय सुरक्षामा खतरा रहेकाहरुलाईमात्र देशनिकाला गर्न आइसलाई निर्देशन दिएपनि आइसले २ महिनाको बच्चासहितका २२ जना बालबालिकाहरुलाई देशनिकाला गरेकोमा अधिकारकर्मीहरुले आक्रोश व्यक्त गरेका छन् । जोखिमपूर्ण अवस्थामा रहेका बालबालिकाहरुलाई राजनीतिक अस्थीरता र अराजकता फैलिएको हैटीको राजधानीमा पठाइएको हो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

गत बिहिबार तय भएका दुईवटा देशनिकालाका उडानहरु भने रद्द गरिएको थियो । उनीहरुलाई जनस्वास्थ्य सम्बन्धित नियम अनुशार देशनिकाला गर्न लागिएको थियो । यो प्रावधान ट्रम्प प्रशासनभन्दा अगाडि खासै प्रयोग भएको थिएन ।

बाइडेन प्रशासनले एकसयदिनसम्म देशनिकाला स्थगन गर्ने घोषणा गरेपनि उक्त घोषणा कार्यान्वयनमा अदालतले रोक लगाएको छ । तर अदालतले अहिले देशनिकाला गर्नैपर्ने कुनै बाध्यकारी आदेश भने दिएको छैन । बिहिबार बाइडेन प्रशासनले देशनिकालाका उडानहरु रद्द गर्न आइसलाई निर्देशन दिएपछि आइसमाथि बाइडेन प्रशासनको नियन्त्रण कायम भएको विश्वास गरिएको थियो ।

गतसाता न्युयोर्कका वित्तिय परामर्शदाता पउल पियरलसलाई आइसले उनीसँग सम्बन्धित नरहेको देश हैटीमा देशनिकाला गरेको थियो । पउल हैटीका नागरिक नभएको र उक्त देशमा कहिलेपनि नगएको जनाइएको छ ।

ट्रम्प प्रशासनले पउललाई जनवरीमा अमेरिकाबाट देशनिकाला गर्न खोजेको थियो । तर न्युयोर्कका एकजना सांसद र आप्रवासी अधिकारकर्मीहरुको सहयोगमा उनलाई देशनिकाला हुनबाट बचाइएको थियो । तर अहिले कसैलाई थाहा नदिई उनलाई हैटी पठाइएको थियो ।

हैटीमा देशनिकाला गरिएका पउल फ्रान्सको क्यारेबियन भूभाग सेन्ट मार्टिनमा जन्मिएको तर उनी बाल्यकालमा नै अमेरिका आएकाले फ्रान्सले पनि आफ्नो नागरिकका रुपमा नमानेको जनाइएको छ ।

पउल सन् २००३ मा लागुऔषधको कारोबारमा दोषी ठहरिएका थिए । उनले आफ्नो अपराधको सजाय काटेपछि अध्यगमन न्यायाधिसले उनलाई देशनिकालाको आदेश दिएका थिए । हैटीका राजदूतले यसअगाडि गरेको ट्वीटमा पउल हैटीका नागरिक नभएको र उनलाई देशनिकाला गरेर हैटी पठाउन नसकिने बताएका थिए ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com