बेलायतमा निधन भएका गुल्मीका पुन दम्पतिको एकैसाथ अन्त्येष्टि


प्रकाशित मिति : माघ २७, २०७७ मंगलबार

बेलायतमा गत महिना निधन भएका एक नेपाली दम्पतिको मंगलबार एकैसाथ अन्त्येष्टि भएको छ ।

जनवरी पहिलो साता चार दिनको फरकमा निधन भएका विजय पुन र उनकी पत्नी रत्नकुमारी गुरुङ पुनको साउथ इष्ट लन्डनस्थित हिदर ग्रिन क्रिमेटोरियममा अन्त्येष्टि भएको हो ।

पुन परिवारका आफन्त समेत रहेका एनआरएनए यूकेका पूर्व युवा संयोजक कुमार थापाका अनुसार मगर समुदायको पितृ संस्कारअनुरुप अन्त्येष्टि गरिएको हो ।

कोरोना महामारीका कारण लागू प्रतिवन्धका कारण अन्त्येष्टिमा मृतकका छोरा, छोरीहरु, परिवार र आफन्त गरी जम्मा ३० जनाको मात्रै सहभागिता थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

त्यसअवसरमा गुल्मी जिल्ला समाज यूके, हङकङ नेपाली मञ्च यूके, भार्सेली समाज यूके, टनब्रिज नेपाली समाज यूकेसहित बेलायतस्थित केही संघसंस्थाका प्रतिनिधि पनि सहभागी थिए ।

यसअघि करिब ५० वर्ष उमेर भएका पुन दम्पतिको ४ दिनको अघिपछि निधन भएको थियो ।

जनवरी ३ तारिखका दिन पत्नीको निधन भएको केन्टको मेइडस्टोन एण्ड टनब्रिज वेल्स हस्पिटलमा जनवरी ७ तारिखका दिन पतिको पनि निधन भएको थियो । पत्नीलाई कोरोना संक्रमण भएको थियो भने पतिबाट जन्डिस पीडित रहको उनका आफन्तले बताएका छन् ।

नेपालमा गुल्मीको शान्तिपुर घर भएका पुन परिवार पछिल्लो समय वुटवलमा बसोबास थियो । बेलायतमा उनीहरुको बसोबास केन्टमा थियो । मृतक पुन दम्पतिका एक छोरा र दुई छोरी बेलायतमा छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com