एमाले १०२, काँग्रेस ९७ र माओवादी ४५ स्थानमा विजयी
प्रकाशित मिति : जेष्ठ ५, २०७४ शुक्रबार
स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । २५६ स्थानको परिणाम आइसकेको छ भने बाँकी २७ स्थानमा मतगणना भइरहेको छ ।
अहिलेसम्मको मत परिणाम अनुशार नेकपा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले १०२ स्थानमा विजय हासिल गरेको छ भने १४ स्थानमा अग्रता कायम गरेको छ ।
दोश्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले ९७ स्थानमा विजय हासिल गरेको छ भने १० स्थानमा अग्रता कायम गरिरहेको छ ।
त्यस्तै माओवादी केन्द्रले ४५ स्थानमा विजय हासिल गरेको छ भने२ स्थानमा अग्रता कायम गरिरहेको छ । अन्य दल र स्वतन्त्रले ६ स्थानमा विजय हासिल गरेका छन् भने १ स्थानमा अग्रता कायम गरिरहेका छन् ।