न्युयोर्क सिटीमा इन्डोर डाइनिङ शुक्रबारदेखि नै


प्रकाशित मिति : माघ २६, २०७७ सोमबार

न्युयोर्क सिटीमा इन्डोर डाइनिङ फेबु्रअरी १२ शुक्रबारदेखि नै सुरु हुने भएको छ । यसअगाडि उक्त मिति फेब्रुअरी १४ आइतबारका लागि तय गरिएको थियो । तर शुक्रबारदेखि इन्डोर डाइनिङ २५ प्रतिशत क्षमतामामात्र संचालन गर्न अनुमति दिइनेछ ।

भ्यालेन्टाइन्स डेमा रेष्टुरेण्टहरुलाई विजनेशमा सहयोग पुगोस् भन्ने उद्देश्यले दुईदिन अगाडि नै २५ प्रतिशत क्षमतामा इन्डोर डाइनिङ संचालनका लागि अनुमति दिइएको गभर्नर एन्ड्रयु कुमोले बताएका छन् । न्युयोर्क सिटीमा गत डिसेम्बरको दोश्रो सातादेखि इन्डोर डाइनिङ बन्द रहँदै आएको थियो ।

इन्डोर डाइनिङ बन्द भएका कारण न्युयोर्कको ज्याक्सनहाइटमा रहेका केही नेपाली रेष्टुरेण्टहरु बन्द भएका छन् । ज्याक्सनहाइटमा रहेको पहिलो नेपाली रेष्टुरेण्ट हिमालयन याक डिसेम्बरदेखि नै अस्थायीरुपमा बन्द भएकोमा अब शुक्रबारदेखि २५ प्रतिशत क्षमतामा खुल्ने तयारी भएको छ ।

महामारीका कारण अस्थायीरुपमा बन्द भएको न्युयोर्कको हिमालयन याक रेष्टुरेण्ट फोटो: राजन थपलिया/खसोखास

त्यस्तै उडसाइडमा रहेको उडसाइड क्याफेपनि केहीदिन अगाडिदेखि अस्थायीरुपमा बन्द भएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

पछिल्लो चरणमा हिमपातपछि बन्द हुन पुगेको उडसाइड क्याफे

ज्याक्सनहाइटमा रहेको ब्याम्बु हाउस एण्ड बार पनि केही महिनादेखि बन्द रहेको छ । उक्त रेष्टुरेण्ट कहिलेदेखि संचालनमा आउने अझै निश्चित छैन ।

ब्याम्बु हाउस एण्ड बार विगत तीनमहिनाभन्दा लामोसमयदेखि बन्द छ ।

त्यस्तै आगामी सोमबारदेखि न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिनका लागि थप व्यक्ति योग्य हुने भएका छन् । पहिलेदेखि नै स्वास्थ्य समस्या भएका १६ बर्षमाथिका न्युयोर्कबासीहरु कोरोनाबिरुद्धको भ्याक्सिनका लागि योग्य हुनेछन् ।

न्युयोर्क सिटीमा आइतबारको तथ्यांक अनुशार कोरोना संक्रमण दर ४ दशमलव ८ प्रतिशत रहेको छ । कुल १ लाख १० हजार २ सय ३५ को परीक्षण गरिएकाहरुमध्ये यो दरमा संक्रमितहरु पाइएको हो ।

न्युयोर्कको क्वीन्समा २६ हजार १ सय ६७ जनाको परीक्षण गरिएकोमा १३ सय ६ जना अर्थात् ५ प्रतिशत संक्रमित पाइएको थियो । त्यस्तै ब्रोंक्समा १५ हजार २ सय ९० जनाको परीक्षण गरिएकोमा १ हजार १४ जना अर्थात् ६ दशमलव ६ प्रतिशत संक्रमित पाइएको थियो ।

त्यस्तै म्यानहटनमा २२ हजार ४ सय ३९ जनाको परीक्षण गरिएकोमा २ दशमलव ९ प्रतिशत अर्थात् ६ सय ५६ जनामा संक्रमण पाइएका थियो । बु्रकलिनमा २३ हजार ६ सय ७० मा परीक्षण गरिएकोमा ५ दशमलव ३ प्रतिशत अर्थात् १२ सय ६१ ज्नामा संक्रमण पाइएको थियो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com