एमाले ९४, काँग्रेस ८७ र माओवादी ४४ स्थानमा विजयी


प्रकाशित मिति : जेष्ठ ५, २०७४ शुक्रबार

स्थानीय तहको पहिलो चरणको निर्वाचनको मतगणना जारी छ । २३३ स्थानको परिणाम आइसकेको छ भने बाँकी ५० स्थानमा मतगणना भइरहेको छ ।

अहिलेसम्मको मत परिणाम अनुशार नेकपा एमाले पहिलो स्थानमा रहेको छ । एमालेले ९४ स्थानमा विजय हासिल गरेको छ भने २२ स्थानमा अग्रता कायम गरेको छ ।

दोश्रो स्थानमा नेपाली काँग्रेस रहेको छ । काँग्रेसले ८७ स्थानमा विजय हासिल गरेको छ भने २० स्थानमा अग्रता कायम गरिरहेको छ ।

त्यस्तै माओवादी केन्द्रले ४४ स्थानमा विजय हासिल गरेको छ भने ५ स्थानमा अग्रता कायम गरिरहेको छ । अन्य दल र स्वतन्त्रले ६ स्थानमा विजय हासिल गरेका छन् भने ३ स्थानमा अग्रता कायम गरिरहेका छन् ।

© 2023 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com