कोभिशिल्ड खोपको गति सुस्त


प्रकाशित मिति : माघ २३, २०७७ शुक्रबार

कोभिड–१९ महामारीविरुद्धको खोप लगाउने साप्ताहिक लक्ष्य लगभग पूरा भएको छ । महोत्तरीमा माघ १४ गते प्रारम्भ गरिएको यो अभियानमा बिहीबारसम्म दुई हजार २११ ले खोप लगाएका छन् । पहिलो चरणमा जिल्लालाई प्राप्त २४३ भाइल यो खोप दुई हजार २३० जनालाई लगाइने साप्ताहिक लक्ष्य रहेको स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

जिल्लामा महोत्तरी कारागारका ४६० कैदीबन्दीलाई यो खोप दिइएको छ । प्रथम चरणमा यो खोप चिकित्सक/स्वास्थ्यकर्मी, एम्बुलेन्स र शववाहनका चालक, सरसफाइकर्मी र महिला स्वास्थ्य स्वयंसेविकालाई लगाइने गरी प्राथमिकता निर्धारण गरिएको थियो । यद्यपि खोप लिन अस्पताल आउनेको सङ्ख्या अपेक्षाअनुसार नभएको कार्यालयले जनाएको छ ।

“हामीले अभियानका पहिला तीन दिन जलेश्वर अस्पतालबाट खोप अभियानको सेवा दियौँ, त्यसपछि बर्दिवास अस्पतालबाट पनि खोप दिन थालिएको छ”, स्वास्थ्य कार्यालय महोत्तरीका कोभिड–१९ रोकथाम अभियानका स्रोतव्यक्तिसमेत रहेका जनस्वास्थ्य निरीक्षक गिरेन्द्रकुमार झाले भने, “खोपबारे सामाजिक सञ्जालमा फिजाइएका अनावश्यक भ्रमले उत्साहपूर्ण सहभागिता नभएझै लाग्छ ।” खोपको गति निकै सुस्त रहेको झाको स्वीकारोक्ति छ ।

“खोप एक दिनमा ५०० लाई लगाउन सकिन्थ्यो, यो गति हुँदा हामीलाई प्राप्त २४३ भाइल बढीमा पाँच दिनभित्र सकिनुपथ्र्यो”, झाले भने, “तर एक साता बित्दासम्म बल्ल हामी लक्ष्यको नजिक पुग्न सक्यौँ।” एउटा भाइलबाट १० जनालाई खोप दिन सकिने स्पष्ट पार्दै झाले कारागारका कैदीबन्दीले भने खोपमा उत्साहपूर्ण सहभागिता जनाएका बताए ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

फ्रन्टलाइनमा बसेर काम गर्नेलाई प्राथमिकता दिएर शुरु गरिएको खोप लिन स्वास्थ्यकर्मी नै आनाकानी गरिरहेका बुझिएको छ । खोपबारे सामाजिक सञ्जालमा विभिन्न भ्रम देखेपछि खोप लगाउने घटेका स्वास्थ्यकर्मीको ठम्याइ छ । खोप लिँदा कसैकसैलाई टाउको दुख्ने, हल्का ज्वरो आउने लक्षण देखिए पनि यो स्वतः आफैँ ठिक हुँदै जाने जनस्वास्थ्य निरीक्षक झा बताउँछन् । यद्यपि यस्तो लक्षणबारे महोत्तरीमा अहिलेसम्म कतैबाट गुनासो नआएको कार्यालयले स्पष्ट पारेको छ । कोभिशिल्ड खोप खास अवसर भएकाले यो सेवा लिन उत्साहपूर्ण सहभागिता जनाउन कार्यालयले अपिल गरेको छ ।

प्रथम चरणमा प्राप्त खोप भाइल सकिनै लागे पनि छिमेकका जिल्ला र प्रदेश स्वास्थ्य निर्देशनालयबाट आवश्यक मात्रा तत्काल उपलब्ध हुने अवस्था रहेको कार्यालयले स्पष्ट पारेको छ । “कोभिशिल्ड खोप हाम्रा लागि खास अवसर हो”, जनस्वास्थ्य निरीक्षक झाले भने, “सामाजिक, राजनीतिक र अन्य सम्वद्ध सबै क्षेत्रले यसबारे निर्धक्कसाथ उत्प्रेरणा जगाएपछि सहभागिता बढ्नेछ ।”

जलेश्वर अस्पतालबाट प्रारम्भ गरिएको कोभिशिल्ड खोप सेवा बर्दिवास अस्पतालबाट पनि दिइँदैछ । यो सेवा क्रमशः जिल्लाका अन्य अस्पतालमा विस्तार गरिने कार्यालयले जनाएको छ । पहिलोपटक खोप लिएकाहरुले चार सातापछि अर्को खोप लिनेछन् । थप खोप प्राप्त हुँदै गएपछि क्रमशः जनस्तरमा यो सेवा प्राथमिकता निर्धारण गरेरै विस्तार गरिँदै जाने कार्यालयले जनाएको छ ।

कारागारका कैदीबन्दीले अभियानको प्रारम्भिक चरणमै खोप लिन पाएपछि खुशी व्यक्त गरेका छन् । “हामी जेलभित्र रहेकाहरुलाई सम्झन्छन् सम्झँदैनन् भन्ने लागेको थियो”, महोत्तरी कारागार जलेश्वरका एक थुनुवाले भने, “माहामारीविरुद्धको खोप लिन पाइयो, खास कुरा पाइयो भन्ने लागेको छ ।” खोप लिएको तीन दिन भइसक्दासम्म कुनै अस्वभाविक लक्षण केही महसुस नगरिएको कैदीबन्दीको भनाइ छ । रासस

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com