क्युअनन अनुयायी ज्याक एन्जेलीलाई जेलमा अर्गानिक खानाको माग अदालतबाट स्वीकार


प्रकाशित मिति : माघ २२, २०७७ बिहीबार

राँगाको जस्तो सिंग भएको भुत्ले टोपी लगाएर क्यापिटल हिलमा दंगा गर्ने आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअननका प्रमुख अनुयायी ज्याकोब एन्थोनी चान्सले अर्थात् ज्याक एजेन्लीको जेलमा अर्गानिक खाना खान पाउने माग पूरा भएको छ । अदालतले उनका न्यायाधिसका तर्फबाट पेश गरेको माग सदर गर्दै प्रमाणित अर्गानिक खानाको माग सदर गरेपछि उनलाई जेलमा अर्गानिक खाना दिन सुरु गरिएको छ ।

उनले  हिराशतमा एकसातादेखि अर्गानिकमात्र खाने भन्दै वासिंटन डिसीको जेलमा अन्य खानाखान अस्वीकार गरेर केही नखाँदा २० पाउण्ड तौल घटेको अदालतमा पेश गरिएको कागजातमा जनाइएको थियो । उनलाई उक्त जेलमा सारिएको एकसाता नाघेको छ । ज्याक एन्जेलीका रुपमा चिनिदै आएको छ । उनले आफूलाई क्युअनन जादूगरका रुपमा चिनाउदै आएका छन् ।उनले जनवरी ६ मा र अनुहार पेन्ट गरेर राँगाको जस्तो सिंग भएको भुत्ले टोपीसहित अनाधिकृत रुपमा संसद भवनमा हुलदंगा गरेका थिए ।

आफ्नो धार्मिक विश्वासका कारण उनले अर्गानिक बाहेक अन्य खाना नखाने उनका वकिलले अदालतमा पेश गरेको कागजातमा उल्लेख थियो । उनका वकिलले या त ज्याक एन्जेलीलाई उपयुक्त खानपानको व्यवस्था गर्न या त अदालती परीक्षण अगाडि नै उनलाई रिहा गर्न माग गरेका थिए । अर्गानिक बाहेकको अन्य खानामा अप्राकृतिक रसायनहरु हुने र उनले यदि त्यस्ता खाना खाएमा गम्भिर बिरामी पर्ने उनको धार्मिक विश्वास रहेको थियो ।

उनीहरुको परम्परा र धार्मिक विश्वास अनुशार शरीर, मष्तिष्क र आत्मा अन्तरसम्बन्धित हुने र आफ्नो आस्थाको अभ्यास गर्न उनलाई तीनवटै कुराहरु स्वस्थ्य हुनुपर्ने अदालतको कागजातमा वकिलले दावी गरेका थिए । उनले विगत ८ बर्षदेखि अर्गानिक खानामात्र खाँदै आएको र जेलमा अर्गानिक खाना नपाएका कारण जनवरी २५ देखि केही नखाएको जनाइएको थियो ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

अर्गानिक खानाको माग वास्तविक धार्मिक विश्वाससँग जोडिएको दावी गरिएपछि न्यायासिधले यस्तो माग पूरा गराउन जेल प्रशासनलाई आदेश दिएका छन् ।

ज्याक एन्जेली प्रमुख अनुयायी रहेको इन्टरनेटको आधारहीन षड्यन्त्रको सिद्धान्त क्युअनन गत अगस्तमा अमेरिकन मुलधारमा आएको थियो । इन्टरनेट समुदायभित्र यो आन्दोलन बर्षौदेखि रहदै आएको थियो भने सामाजिक अस्थीरता र कोरोनाको महामारीका बीच यो चर्चामा आएको थियो ।

उनी भाला बोकेर त्यहाँ छिरेको र भालाको धारमुनी अमेरिकन झण्डा लगाएको वासिंटन डिसीका संघीय एटोर्नीले जनाएका छन् । अमेरिकामा क्युअननका समर्थकहरु झण्डै एकलाख भएको अनुमान गरिएको छ । जनवरी ६ को दंगामा उनीहरुको उल्लेख्य सहभागिता रहेको थियो ।

के हो क्युअनन ?

क्युअनन सिद्धान्तले अमेरिकाका शक्तिशाली व्यक्तिले बालबालिकाहरुलाई उनीहरुको रगत वा यौनशोषणका लागि बन्धक बनाएको कुरा शशक्त ढंगले विश्वास गर्छ । त्यसबिरुद्धको कारवाहीलाई नैतिक आवश्यकता ठान्दछ । एफबीआईले यो आन्दोलनलाई घरेलु आतंकको जोखिमका रुपमा हेरेको छ ।

यो सिद्धान्तले सरकार, मिडिया र ब्यापारका क्षेत्रमा रहेका समृद्ध व्यक्तिहरु जसले बालबालिकाहरुलाई यौन शोषणका लागि बन्धक बनाउनुका साथै उनीहरुको रगतले शैतानको पूजा गर्दै आएको र उनीहरुकाबिरुद्ध ट्रम्पले गोप्य युद्ध सुरुवात गरेको विश्वास गर्छ । जुन सिद्धान्त आधारहीन र अविश्वसनीय रहेको छ ।

यो लडाईले राष्ट्रपति उम्मेदबार हिलारी क्लिन्टन लगायतका चर्चित व्यक्तिहरुलाई पक्राउ गरेर मारिने दिन निम्त्याउने क्युअननका अनुयायीहरु विश्वास गर्छन् । सन् २०१७ को अक्टोबरमा एकजना अज्ञात व्यक्तिले श्रृंखलाबद्ध पोष्टहरु गरेपछि यसको सुरुवात भएको थियो ।

सामाजिक सञ्जालहरुले यस्तो षड्यन्त्रको सिद्धान्तलाई निरुत्साहन गर्दै आएका छन् भने ठूला सामाजिक सञ्जालहरुले यसबारेका सामाग्रीहरुलाई नियन्त्रण गर्नुका साथै उक्त आन्दोलनलाई समर्थन गर्ने सामाग्री र भिडियोहरु समेत हटाएका छन् ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com