संक्रमण निको भएकाहरुमा एकै डोज भ्याक्सिनले १० गुणा बढी एन्टीबडी, साइड इफेक्ट कडा


प्रकाशित मिति : माघ २०, २०७७ मंगलबार

कोरोना संक्रमण भएर निको भएकाहरुमा कोरोनाबिरुद्धको एउटै डोज भ्याक्सिनले अन्य दुई डोज लगाएकाहरुका तुलनामा १० गुणा बढी एन्टीबडी निर्माण गरेको अध्ययनले देखाएको छ । त्यही क्षेत्रमा काम गर्ने अन्य विज्ञहरुले पुनरावलोकन गर्न बाँकी रहेको उक्त अध्ययनले कहिलेपनि कोरोना संक्रमण नभएकाहरुलाई कोरोनाबिरुद्धका दुईवटै डोज दिंदा जुनमात्रामा एन्टीबडी उत्पादन हुन्छ, एकपटक संक्रमण भएर निको भएकाहरुमा एउटामात्र डोज दिंदापनि १० गुणासम्म बढी एन्टीबडी उत्पादन भएको देखिएको छ ।

न्युयोर्कको आइकान स्कुल अफ मेडिसिन एट माउन्ट साइनाईका शोधकर्ताहरुले यो कुरा पत्ता लगाएका हुन् । कोरोना संक्रमण भएर निको भएकाहरुलाई भ्याक्सिनको पहिलो डोज दिंदा देखिएका साइड इफेक्ट कहिलेपनि संक्रमण नभएकाहरुलाई भ्याक्सिनको दोश्रो डोज दिंदा देखिएको अर्को प्रारम्भिक अध्ययनले देखाएको छ ।

यसबारेको अध्ययनको पूर्ण पाठ

एकपटक संक्रमण भएर निको भएकाहरुलाई कोरोनाबिरुद्धको भ्याक्सिनको पहिलो डोज दिंदा अन्यको तुलनामा कडा प्रकारको साइड इफेक्ट समेत देखिएको अध्ययनले जनाएको छ । संक्रमण भएर निको भएकाहरुलाई पहिलो डोज दिंदा नै रिंगटा लाग्ने, टाउको दुख्ने, ज्वरो आउने, मांशपेशी दुख्ने, कम्पन छुट्ने जस्ता लक्षणहरु कडारुपमा देखिएको समेत पाइएको छ ।

खसोखास निशुल्क सब्सक्राइब गर्नुहोस् 🙏

अब तपाईँले अमेरिकी भिसा, ग्रीनकार्ड लगायत सम्पूर्ण अध्यागमन अद्यावधिकहरू तथा आवास, कर, स्वास्थ्य सेवा लगायतका विषयमा सूचना र स्रोतहरू छुटाउनु पर्नेछैन। ती सबै सिधै तपाईँको इनबक्समा प्राप्त गर्नुहुनेछ।

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै डाक्टर विनोद शाह । उनी कोरोना संक्रमण भएर निको भएका थिए भने उनले खसोखाससँगको कुराकानीमा आफूमा पहिलो डोज लगाउँदा नै कडा साइड इफेक्ट देखिएको बताएका थिए ।

अध्ययन अनुशार एकपटक संक्रमण भएकाहरुलाई एउटैमात्र भ्याक्सिनको डोज दिंदापनि उनीहरुलाई कोरोना संक्रमणका कारण बिरामी हुनबाट बचाउने देखिएको छ । संक्रमण भएर निको भएकाहरुलाई दोश्रो डोज दिंदा अझ कडा साइड इफेक्टहरु देखिने समेत अध्ययनले देखाएको छ । अध्ययनकर्ताहरुले एकपटक संक्रमण भएर निको भएको व्यक्तिलाई एकमात्र डोज दिनेगरी नीतिको परिवर्तन गर्दा उनीहरुलाई अनावश्यक पीडा हुनबाट जोगाउने साथै अरु धेरैलाई भ्याक्सिन पुग्ने सुझाव दिएका छन् ।

न्युयोर्कमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै ल्याब टेक्निसियन रायन लाम्गादे । उनी विगतमा कोरोना संक्रमण भएर निको भएका थिए । उनले खसोखाससँगको कुराकानीमा आफूमा दोश्रो डोज लगाउँदा कडा साइड इफेक्ट देखिएको बताएका थिए । 

त्यस्तै अर्को एउटा अध्ययनमा पनि पहिले नै कोरोना संक्रमण भएर निको भएका स्वास्थ्यकर्मीहरुमा कोरोनाबिरुद्धको भ्याक्सिन दिंदा दुबै डोज लिएका अन्यको तुलनामा उच्च स्तरमा एन्टीबडी देखिएको पाइएको छ । त्यस्तै एकपटक संक्रमण भएर निको भएकाहरुलाई भ्याक्सिनको पहिलो डोज दिएपछि एन्टीबडीपनि छिटो अर्थात् १० देखि १४ दिनमा नै विकाश भएको पाइएको छ ।

यसबारेको अध्ययनको पूर्ण पाठ

दुबै अध्ययनहरु भ्याक्सिन लगाएका साना समुहमा गरिएका अध्ययनहरु हुन् । जसमा केही सयको मात्र सहभागिता रहेको छ । फाइजर र मोडेर्नाका क्लीनिकल परीक्षणले एकपटक संक्रमण भएर निको भएकाहरुलाई पनि भ्याक्सिन सुरक्षित रहेको निष्कर्ष निकालिएको थियो ।

न्युजर्सीमा कोरोनाबिरुद्धको भ्याक्सिन लगाउँदै डाक्टर विष्णुमाया परियार । उनले खसोखाससँगको कुराकानीमा आफूमा पहिलो डोज लगाउँदा खासै कडा साइड इफेक्ट नदेखिएको बताइन् । उनले दोश्रो डोज भोलि लगाउने तय भएको छ ।

तर सीडीसीले भने ताजा संक्रमण भएकाहरुलाई भ्याक्सिन लगाउनका लागि कम्तीमा १० दिन वा लक्षणहरु समाप्त नहुँदासम्म प्रतिक्षा गर्न भनेको छ । यसमा पहिलो डोज प्राप्त गरिसकेकाहरुलाई समेत संक्रमण देखिएको खण्डमा उक्त समय प्रतिक्षा गर्न भनिएको छ । बिरामी भएको अवस्थामा भ्याक्सिन नलिन सुझाव दिइएको छ ।

पहिले नै संक्रमित भइसकेर एन्टीबडीको विकाश भएकाहरुलाई कति समयपछि भ्याक्सिन दिने भन्नेबारे वैज्ञानिकहरु निश्चित छैनन् । एन्टीबडी केही महिनादेखि बर्षसम्म पनि रहनसक्ने जनाइएको छ । तर एन्टीबडी रहँदैमा इम्युन पनि रहन्छ भन्ने ग्यारेन्टी नहुने जनाइएको छ ।

अध्ययनका क्रममा भने जुलाई वा अगस्तमा संक्रमण भएकाहरुमा डिसेम्बर वा जनवरीमा भ्याक्सिन लगाउने बेलासम्म एन्टीबडीको थोरैमात्रा भेटिएको जनाइएको छ । तर पनि उनीहरुले भ्याक्सिन लगाउँदा एन्टीबडी सशक्त तरिकाले विकाश भएको पाइएको हो ।

के तपाईं हाम्रो सामुदायिक पत्रकारितालाई सहयोग गर्न चाहनुहुन्छ?

अहिले चलिरहेको न्युजम्याच कार्यक्रममार्फत सहयोग गर्दा, तपाईंले दिनुभएको उपहारमा न्युजम्याच कार्यक्रमबाट सोही बराबरको रकम थपेर हामीलाई प्राप्त हुनेछ। यो कार्यक्रममा हामीसहित अमेरिकाका ४२२ वटा मिडिया संस्थाहरू सहभागी छन्। हामीलाई सहयोग गर्न चाहेमा यहाँ क्लिक गर्नुहोस्।
न्युजम्याचले तपाईंले प्रदान गरेको उपहारको १२ गुणासम्म म्याच गरेर दिने विकल्प समेत दिएको छ। उदाहरणका लागि यदि तपाईंले ८० डलर डोनेसन गर्नुभएमा, आईएनएनले हामीलाई ९६० डलर (८० डलरको १२ गुणा) थपेर जम्मा १०४० डलर प्रदान गर्नेछ। तर त्यसका लागि, तपाईंले मासिक डोनेसनको विकल्प छनौट गर्नुपर्छ। कृपया ध्यान दिनुहोस्: मासिक डोनेसनको विकल्प रोजेपछि, तपाईंको खाताबाट हरेक महिना सोही बराबरको रकम काटिनेछ। तपाईंले भविष्यमा कुनै पनि बेला मासिक डोनेसन रद्द गर्न सक्नुहुनेछ।
© 2025 KHASOKHAS. All Rights Reserved.
Khasokhas is not responsible for the content of external sites and user generated contains. We don't collect comments on this site.
DEVELOPED BY appharu.com